साईपालको मतपेटिकाका लागी हेलिकप्टरको माग ,बझाङमा शान्तीपुर्ण तरिकाले मतदान

  शैलेन्द्र रोकाया  1109 पटक हेरिएको

बझाङ। चिनको स्वाशासित क्षेत्र तिब्बत संग सिमा जोडिएको बझाङको साईपाल गाउँपालिकाका मतपेटिकाहरुलाई सदरमुकाम चैनपुर ल्याउनलाई हेलिकप्टरको माग गरिएको छ । जिल्ला सदरमुकाम चैनपुरबाट चार दिनको पैदल दुरिमा रहेको सो गाउँपालिकाका मतपेटिका ल्याउन सदरमुकाम तिन दिन लाग्ने भएकाले हेलिकप्टरमत पहल भएको हो ।
जिल्लाको उत्तरी भेगमा रहेको साईपाल गाउँपालिका ४ र ५ घुलीमा रहेको मतपेटिका काँडा पुगेको छ भने वडा नम्बर २ र ३ धलौनको मत धलौनमै राखिएको छ । प्रहरी नायव उपरिक्षक जागेश्वर भण्डारीले भन्नुभयो साईपाल गाउँपालिकामा रहेका मतपेटिकाहरु सुरक्षित छन् । ५ गते बिहान सम्म हेलिकप्टरको पहल भईरहेकाले सुरक्षीत रहेको बताउनुभयो । जिल्ला भरि शान्तीपुर्ण तरिकाले मतदान सम्पन्न भएका छन् । साईपाल गाउँपालिका बाहेका सबै मतकेन्द्रका पेटीहरु ४ गते राती नै सदरमुकाम चैनपुर ल्याउने कार्य भई रहेको छ । देशका बिभिन्न भागमा हेलिकप्टरको माग भई रहेकाले यहाँको संबेदनशिलता लाई ध्यानमा राखी एक सात देखि हेलिकप्टरको माग गरिरहेको अधिकृत नन्द किशोर यादबले बताउनुभयो । उहाँले हामीले सक्दो चाडो हेलिकप्टरबाट ल्याउने र हेलिकप्टरबाट भएन भने दिन रात गरेर बोकेर भएपनि चाडो सदरमुकाम पुर्याउने समेत उहाँले बताउनुभयो ।
जिल्लामा शान्तीपुर्ण तरिकाले मतदान
जिल्लाका सबै मतदान केन्द्रहरुमा सामान्य घटना बाहेक मतदान प्रकृया शान्तीपुर्ण तरिकाले भएको छ । स्थानीय तहको निर्वाचनको तुलनामा जिल्लाका सबै मतदान मेन्द्रमा मत कम खसेको छ । यो समाचार तयार पर्दा सम्म जिल्लाका जिल्ला निर्वाचन अधिकारी बिमल गौतमले यो पटक मत कम खसेको बताउनुभयो । उहाँले मतपेटका ल्याउने काम भई रहेकाले अनुमानित ५० देखि ५२ प्रतिसतको बिचमा मत खसेको बताउनुभयो । जिल्लाका १० वटा मतदान केन्द्र बाहेक सबै मतदान केन्द्रमा ५८ हजार ६ सय ५३ मत खसेकोले १० वटा मतदान केन्द्रको मत बाटोमा आई रहेकाले अहिले एकिन भन्न नसकिने बताउनुभयो । बझाङ जिल्लामा एक लाख २२ हजार ८२ मतदाता रहेका छन् भने १८६ मतदान केन्द्रमा मतदान भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार