बझाङ ; जिल्ला प्रशासन कार्यालय बझाङले अत्यावश्यक सेवा बाहेकका सबै सेवाहरु एक साताको लागि स्थगित गरेको छ ।
मंशिर ४ गते हुन गईरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यहरुको निर्वाचन २०७९ का लागि कार्यालयबाट कर्मचारीहरु विभिन्न स्थानमा खटीई जानुपर्दा कर्मचारी अभाव हुने हुदाँ मंसिर १ गते देखि मंशिर ५ गते सम्मका लागि अत्यावश्यक सेवा बाहेकाका सबै सेवाहरु स्थगन गरिएको बझाङका प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले बताउनु भयो।
जिल्ला प्रशासन कार्यालय बझाङले आज बुधबार एक सुचना जारी गर्दै मंसिर १ गते देखि ५ गते सम्मका लागि अत्यावश्यक सेवा बाहेकाका सबै सेवाहरु स्थगन गरिएको जानकारी गराएको छ ।


131 पटक हेरिएको 









