बझाङ, कार्तिक २९ गतेःआगामी मंसिर ४ गते हुने प्रतिनिधी सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनमा बझाङ जिल्लामा उच्च सुरक्षा सर्तकता अप्नयाएको प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले बताउनुभएको छ । निर्वाचनको तयारीका बिषयमा पालिका प्रमुख , जिल्ला स्थित सुरक्षा निकायका प्रमुख र उम्मेद्वारहरुका प्रतिनिधी सहितको कार्यक्रममा जिल्लामा निर्वाचनलाई लक्षित गरि बिषेष सुरक्षा योजना बनाएको समेत बताउनुभयो ।
निर्वाचनलाई स्वच्छ, निस्पक्ष र धादली रहित बनाउनका लागी सबै पक्षको भुमिका भहत्वपुर्ण हुने भन्दै पालिका प्रमुखलाई समेत निस्पक्षभएर निर्वाचनलाई सघाउनका लागी आग्रह गर्नुभयो । उहाँले जिल्लामा संबेदनशिल मतदानस्थलको बर्गिकरण र सोहीअनुसारको सुरक्षा योजना बनाएको, निर्वाचनमा नेपालप्रहरी, नेपाली सेना र शसस्त्र प्रहरी बलको परिचालनलाई प्रभाबकारी बनाएको समेत बताउनुभयो ।
निर्वाचनका बेलाअप्रिय घटना हुननदिनजिल्ला भरि मदिरा निषेध गर्नुका साथै घरेलु हातहतियारको प्रयोग लगायतका कुराहरुमा समेत संबेदनशिल भएको बताउनुभयो । मतपेटिकाको ढुवानी कार्ययोजना निर्माण , मतदान स्थलको अनुगमन र पुर्वाधार ब्यवस्थापन समेत भएकोले निर्वाचनलाई सान्तपुर्वक सम्पन्न गर्नका लागी घुम्ती टोलीतथा सम्र्पक ब्यक्तिको ब्यवस्थापन गरेको समेत बताउनुभयो ।
निर्वाचनलाई स्वच्छ,निस्पक्ष र बिश्वसनीय रुपमा शान्तपुर्वक र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउनका लागी स्थानीय सरकार , उम्मेद्वार र आमनागरिकको समेत सहयोगको अपेक्षा गरिएको समेत बताउनुभयो । आचार संहिताको पालना , निर्वाचन संचालन तथा ब्यवस्थापन सम्बन्धी निकायहरुसंग समन्वयलाई समेत जोड दिएको बताउनुभयो । जिल्लाको साईपाल गाउँपालिकामा निर्वाचन सम्बन्धी समाग्री सहित कर्मचारी पठाई सकेको जिल्ला अधिकारी बिमल प्रसाद गौतमले बताउनुभयो । उहाँले जिल्लाका अन्य केन्द्रहरुमा सुमेत कर्मचारी , सुरक्षाकर्मी लगायतका मतदान सामाग्री समेत पठाउने कार्य भईरहेको छ । सदरमुकाम चैनपुर नजिकै रहेको सुर्मा गाउँपालिका र सदरमुकाम चैनपुर रहेको जयपृथ्बी नगरपालिकामा मंसि १ गते पठाउने र बाँकी पालिकाहरुमा मंसिर १ गते पुग्ने गरि तयारी भईरहेको बताईएको छ ।


211 पटक हेरिएको 









