बझाङ ः गएको मंगलबार राती देखि खप्तड राष्ट्रिय निकुञ्जको आसपास क्षेत्रलाई केन्द्र बिन्दु बनाएर ५ दिनको अबधीमा साना ठूला गरि ५०३ वटा भुकम्पहरु गएको राष्ट्रिय भुकम्पमापनतथा अनुसन्धान केन्द्रले जनाएको छ । मंगलबार राती ८ बजेर १२ मिनेटमा सुरु भएको भुकम्प पछि लगातार सोही क्षेत्रको आसपासमा धेरै भुकम्पहरु गएकाले सुरक्षित र सचेत रहनका लागी बिज्ञहरुले सुझाव समेत दिएका छन् ।
चार जिल्लाको केन्द्रमा रहेको खप्तड क्षेत्र तथा आसपासलाई केन्द्र बिन्दु बनाएर कतीपय महसुस गर्ने खालका भुकम्प गएका छन भने अधिकाशं भुकम्पहरु महसुस नहुने खालका रेकर्ड गरिएको समेत राष्ट्रिय भुकम्प मापन तथा अनुसन्धान केन्द्र काठमाण्डौंका भुकम्पबिद भरत कोईरालाले बताउनुभयो । उहाँले गएको ५१७ बर्ष यतापश्चिम नेपालमा ठूलो भुईचालो नगएको बताउँदै अझै पनि ठूलो बिनासकारी भुकम्प आउन सक्ने हुनाले सचेत हुनुपर्ने सुझाव समेत दिनु भएको छ । सुदूरपश्चिम प्रदेशको हिमाली क्षेत्र हुँदै पृथ्बीको सतहमुनीदुई वटा पिलेटहरुको दरारमाशक्ति संचितभई बसेकाले ८ रेक्टर स्केल भन्दामाथीको बिनासकारी भुकम्प आउने सम्भावना रहेकाले यसको तयारीका लागी सबैले सचेत भएर बस्नुपर्नेमा जोड दिनुभयो । ठूलो भुकम्पकहिले , कहाँजान सक्छ भन्ने बारेमा भन्न नसकिने बताउँदै भौतिक पुर्वाधार निर्माण गर्दा भुकम्प प्रतिरोधी बनाउन,भोलीका दिनमा भुकम्प पछि आउने सम्भावि तखतराका र त्यसले तिम्त्याउने समस्यालाई मध्ये नजर गरेर तयारीमाजोड दिनुपर्ने समेत उहाँले बताउनुभयो । उहाँले हामीले सो क्षेत्रमा ८ रेक्टर स्केल भन्दा बढीको भुकम्पको शक्ति संचितभएको अनुमान गरेका छौ । सोहीभुकम्प आउनलाई समेत ६ रेक्टर स्केलका एक हजार वटा भुकम्प गएको खण्डमा ८ रेक्टर स्केलको भुकम्प बरावरको शक्तिक्षयीकरण हुने हुनाले पनिअहिले भुकम्प आउदैन भन्न नसकिने समेत उहाँले बताउनुभयो । पाँच रेक्टर स्केलका एक हजार भुकम्प गयो भने ७ रेक्टर स्केलको बरावरको मानिने हुनाले अझै सो क्षेत्रमा पृथ्बीको सतहमुनी रहेका पिलेटहरुको शक्तिक्षयीकरण भई नसकेकाले भुकम्पजती बेला पनि आउन सक्ने भएकाले यसको तयारीमाज ोड दिनुपर्ने समेत बताउनुभयो । बिहिबार राती ८ बजेर १२ मिनेटमा खप्तड आसपास केन्द्र बिन्दु बनार ५.७ रेक्टर स्केलको , सोही राती ९ बजेर ५६ मिनेटमा ४.१ रेक्टर स्केलको, बुधबार बिहान २बजेर १२ मिनेटमा ६.६ रेक्टर स्केलको , र सनिबार राती आठ बजेर १२ मिनेटमा ५.४ रेक्टरको भुकम्प पछि त्यस क्षेत्रमा सोमबार बिहान ६ बजे सम्ममात्र झण्डै ५०३ वटा भुकम्प गएका छन् ।


1587 पटक हेरिएको 









