बझाङ। बझाङ जिल्लाको खप्तडछान्ना गाउँपालिका – ६ पाटोवल आसपास केन्द्र बिन्दु बनाएर ५ .४ रेक्टर स्केलको भुकम्प गएको छ । सनिबार राती ८ बजेर १२ मिनेटमा भुकम्प गएको राष्ट्रिय भुकम्प मापन तथा अनुसन्धान केन्द्रका भुकम्प बिद मुकुन्द भट्टराईले बताउनुभयो । उहाँका अनुसार खप्तड राष्ट्रिय निकुञ्ज आसपास भुकम्पका पराकम्पनहरु समेत गई रहेका बताउनुभयो ।
बुधबार बिहान २ बजेर १२ मिनेटमा सदूरपश्चिम प्रदेशमा बिगत ४० बर्ष यताको सबै भन्दा ठूलो भुईचालोका केन्द्र बिन्दु समेत खप्तडमा रहेको थियो । सो केन्द्र बिन्दु नजिकै रहेको पाटादेबलमा केन्द्र बिन्दु बनाए आएको भुकम्पले खप्तड छान्ना गाउँपालिका – ४ बस्ने ईश्बर प्रसाद जोशीको घर भत्केको छ भने गाउँपालिका भित्रका अधिकाशं घरहरु चर्केर बस्न योग्य समेत नभएका स्थानीय ईश्बर प्रसाद जोशीजानकारी दिनुभयो । उहाँका अनुसार आफ्नो दुबै घर भत्केको र अन्य गाउँका कसको कती क्षती भयो भन्ने बारे जानकारी लिईरहेको समेत बताउनुभयो । खप्तडछान्ना गाउँपालिका अध्यक्ष उत्तम रोकायाले भन्नुभयो क्षती कती लभयो भनेर सबैलाई सम्पर्क गरिरहेको समेत जानकारी दिनुभयो । भुकम्पका कारण यहाँको जनजिवन प्रभावित बनेको छ । अहिले यहाँका नागरिकहरु घर भन्दा बाहिर निश्कि रहेका छन् । चर्केमा घरहरुमा फेरि भुईचालो आउँछकी भनेर स्थानीयमा त्रास छ । प्रमख जिल्ला अधिकारी बाबुराम अर्यालले कुनै मानबिय क्षती नभएको बताउँदै पाटादेबल प्रहरी चौकी , खप्तडछान्ना गाउँपालिकाको कालुखेतीमा रहेको नेपाली सेनालाई परिचालन गरि रहेको बताउभुयो । उहाँले भुकम्प जतीबेला पनि जान सक्ने भन्दै सबैलाई सचेत हुन आग्रह समेत गरेको बताउनुभयो । क्षतीको बिवरणका लागी गाउँपािलका, प्रहरी र स्थाीय संग समन्वय भई रहेको समेत जानकारी दिनुभयो । गाउँपालिका भरि झण्डै एक सय भन्दा बढी घरहरुमा क्षती पुगेको अनुमान गरिएको छ ।भुकम्पको केन्द्र नजिकै रहेको बयाना बडाकोटमा रहेका कच्ची तथा पुराना अधिकाशं घरहरु चर्केका बताईएको छ भुकम्पको केन्द्र नजिकै रहेको बयाना बडाकोटमा रहेका कच्ची तथा पुराना अधिकाशं घरहरु चर्केका बताईएको छ ।


1106 पटक हेरिएको 









