कञ्चनपुरमा लागु औषधसहित बझाङका दुई युवक पक्राउ

  खप्तड समाचारदाता  690 पटक हेरिएको

बझाङ्ग ः कञ्चनपुरमा लागुऔषधसहित दुई जना पक्राउ परेका छन् । बेलौरी नगरपालिका–४ बुटाबारीबाट अवैध लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम २१ मिलिग्रामसहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा बझाङको जयपृथ्वी नगरपालिका–८ सिलाखेती बस्ने २३ वर्षीय उमेश धामी र सोही ठाउँका १९ वर्षीय महेश धामी रहेका छन्। ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले सुदूरपश्चिम प्रदेश ०१–००९ प ६५०० नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार