बझाङको बसपार्कसिमखेतमा चरेसको कारोबार गर्ने ५२ बर्षिया महिला पक्राउ

  खप्तड समाचारदाता  1106 पटक हेरिएको

बझाङ ः बझाङमा लागुऔषधसहित ५२ बर्षिया महिला पक्राउ परेकि छिन् । पक्राउ पर्नेमा जयपृथ्वी नगरपालिका ७ सुबेडा घर भई सोही नगरपालिका ९ सिमखेत बसपार्कमा जगदम्बा होटल संचालन गरी बसेका ५२ वर्षीया जगु गिरी रहेकि छिन् । उनलाई ४ सय ६० ग्राम अवैध लागुऔषध चरेसजस्तो देखिने पदार्थसहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको जनाएको छ। उनले लागुऔषध बिक्री गरिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरी टोलिले बुधबार उनलाई पक्राउ गरेको हो जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार