बझाङ, कात्तिक २३ गते । बुधबार बिहान २ बजेर १२ मिनेटमा खप्तड राष्ट्रिय निकुञ्जको खप्तड बाबाको आश्रम नजिकै केन्द्र बिन्दु बनाएर गएको ६.६ रेक्टर स्केलको भुकम्प पश्चिम नेपालको आठ दशकयताको सबै भन्दा ठूलो भुकम्प भएको राष्ट्रिय भुकम्प मापन तथा अनुसन्धान केन्द्र काठमाण्डौले जनाएको छ । यस अघि २०३७ साल साउन १४ गते राति ८ बजेर ४३ मिनेटमा बझाङ केन्द्रविन्दु भएर गएको ६ दशमलव ६ रेक्टर स्केलको भुकम्प पछि यती ठूलो भुकम्प गएको थिएन् ।
राष्ट्रिय भुकम्पमापनतथा अनुसन्धान केन्द्र काठमाण्डौका भुकम्प बिद भरत कोईरालाले ,“भन्नुभयो यो भुकम्प २०३७ साल पछिको पश्चिम नेपालको सबै भन्दा ठूलो भूकम्पमाहो । त्यतीबेलाबझाङमा केन्द बिन्दु बनाएर गएको भुकम्पले एकसय७० जनाभन्दा धेरैको ज्यान गएको थियो । त्यतिबेला १० हजार भन्दा धेरै घर भत्किएका थिए ।” यस भन्दा अगाडी २०५३ सालमागएको भुकम्प समेत यो भन्दा सानो थियो । २०९० साल पछि २०३७ मा पश्चिम नेपालमा ठूलो भुईचालो गएको थियो । बुधबार गएको भुकम्पका कारण जिल्लाका बिभिन्न गाउँहरुका सयौ घरहरु चर्किएका छन् । भुकम्पले बझाङ जिल्लामा सबै भन्दा खप्तडछान्ना गाउँपालिका र थलारा गाउँपालिकामा क्षती गरेको छ । खप्तड राष्ट्रिय निकुञ्जसंग जोडिएका गाउँपालिकाहरुकाअधिकाशं घरहरु चर्किएका छन् भने दुई दर्जन भन्दा बढी घरहरु बस्न अयोग्यभएका छन् । केन्द्र बिन्दु भएको ठाउँ नजिकै भएकाले बढी क्षती खप्तड छान्ना गाउँपालिका र थलारा गाउँपालिकामा गरेको भएपनि अन्य गाउँपालिकाका घर हरुमा समेत क्षती गरेको जिल्लाप्रहरी कार्यालयका सुचनाअधिकारी रमेशदत्त अबस्थीले बताउनुभयो । उहाँले प्रहरी कहाँ मुचुल्का बनाउने मान्छे आईरहेकाले जिल्लामा कती घरमा क्षतीभयो भन्ने आधिकारी तथ्याङ्क आउन एक दिन लाग्ने बताउनुभयो । “जिल्लाको खप्तड छान्ना गाउँपालिकाका७० प्रतिसत घरहरु चर्किएका छन् गाउँपालिका अध्यक्ष उत्तमबहादुर रोकाया भन्नुभयो , वडा अध्यक्ष, कर्मचारीहरुलाई गाउँ गाउँमा खटाई कती घरमा क्षती पुगेको छ भन्नेबारे तथ्याङ्क संकलनभई रहेको छ ।” उहाँले भन्नुभयो, कमजोर संरचनाभएका पुरानाअधिकाशं घरहरु चर्किएका भन्ने टेलिफोनबाट खबर आईरहेको बताउनुभयो । जिल्ला भरि अधिकाशं बिद्यालय, स्वास्थ्यचौकी , लघु बिद्युतका भवनलगायतका सरकारी संरचनामा समेत क्षेती पुगेको छ । जिल्लाको छबिसपाथीभेरा गाउँपालिका , केदारस्युँगाउँपालिका , दुर्गाथलीगाउँपालिका जयपृथ्बी नगरपालिकामा समेत क्षती गरेको बताइएको छ । कती घरमा क्षती भयो भन्ने एकिन बिवरण आउन अझै एक दिनलाग्ने समेत बताइएको छ । सुदूरपश्चिम प्रदेशमा २०३७ सालपछि यति क्षतिहुने गरी ठूलो भूकम्प गएको थिएन । २०३७ साल र २०५३ सालमा क्षति हुने गरी ठूलो भूकम्प गएको थियो । २०५३ साल पुस २१ गते दिउँसो २ बजेर ३२ मिनेट जाँदा बैतडी केन्द्रविन्दु भएर ६ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको थियो । यस भूकम्पबाट मानवीयन क्षति नभए पनि भौतिक क्षति भएको थियो ।


152 पटक हेरिएको 









