बझाङ,१४ कार्तिक। बझाङ घर भएका एक बालक कैलालीको धनगढीबाट हराएका छन् । सुदुरपश्चिम प्रदेशको अस्थाई राजधानी धनगढीको भाैतिक पूर्वाधार बिकास मन्त्रालयकाे गेट अगाडिबाट सोमबार बिहान बालक हराएकाे आफन्तहरूले बताएका छन् ।
बझाङको छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर ७ नाैरा बस्ने रमेश धामीका १० बर्षिया छोरा शुशिल धामी आज बिहान ६ बजे धनगढी उपमहानगरपालिका ४ भाैतिक पूर्वाधार विकास मन्त्रालयबाट हरायको हुँदा भेटाउने दाजुभाईले सम्बन्धित ब्यक्ति वा प्रहरीलाई सम्पर्क गरिदिन समेत आफन्तले आग्रह गरेका छन् ।
बालकका अंकल जनक धामी मन्त्रालयमै कार्यरत भई मन्त्रालयमा बस्दै आउनुभएको बताइएको छ । उहाँले कोही कसैले कतै बच्चा भेटाएमा 9869332950 मा सम्पर्क गरि दिनुहुन अनुरोध गर्नुभएको छ ।


1070 पटक हेरिएको 









