
बझाङ,कार्तिक १३ गते । बझाङमा भूकम्पको धक्का महशुस गरिएको छ। आइतबार बिहान करीब साढे नौ बजेको समयमा भूकम्पको धक्का महसुश गरिएको हो।
९ बजेर २६ मिनेटमा गएको भूकम्प जिल्लाको छबिसपाथिभेरा गाउँपालिकाको लेकगाउँ केन्द्रविन्दु बनाएर ४ दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको हो ।
भूकम्पले बझाङसहित सुदूरका पहाडी जिल्ला, भारत र चीनका केही भूभागमा धक्का महशुश राष्ट्रिय भूकम्प मापन केन्द्रका रादिप शर्माले बताउनुभयो ।


246 पटक हेरिएको 









