बझाङमा भिरबाट लडेर एक पुरुषको मृत्यु

  कल्पना उपाध्याय  458 पटक हेरिएको

बझाङ,कार्तिक ६ गते । बझाङमा भिरबाट लडेर एक पुरुषको मृत्यु भएको छ ।

जिल्लाको खप्तडछान्ना गाउँपालिका वडा न ५ गलेकोटका अन्दाजी ५० वर्षिय कवि आग्रीको आज भिरबाट लडेर मृत्युु भएको हो ।आग्रिले मदिरा सेवन गरेका कारण आइतबार बिहान गाउँ नजिकैेको चम्लाका जिउलाको भिरबाट लडेर गम्भिर भाइते भएको बताइएको छ ।

स्थानियहरुले घाइते अवस्थामा भेटेपछि उनलाई उपचारको लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको स्थानिय काले बहादुर आग्रिले बताउनुभयो । उक्त घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी बझाङले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार