जिप दुर्घटना मृतक ८ जनाको हिन्दु परम्परा अनुसार सामुहिक अन्तेष्टी

  खप्तड समाचारदाता  180 पटक हेरिएको

बझाङ  ।बझाङको मष्टा गाँउपालिकामा भएको जिप दुर्घटनाका मृतकहरुको शुक्रबार सामुहिक अन्तेष्टी गरिएको छ । मृतकका आफन्त तथा परिबारजनले हिन्दु संस्कार अनुसार सदरमुकाम चैनपुर नजिकै रहेको धौलाबगर आर्यघाटमा मृतक ८ जनाको सामुहिक रुपमा अन्त्यष्टी गरेका हुन् ।
मृतक परिबारले उचित क्षतीपुर्ती बाफतको रकम पाउनु पर्ने भन्दै जिल्ला अस्पतालबाट लास बुझ्न नमाने पछि बिहिबार दाहसंस्कार हुन सकेको थिएन् । नेपाल सरकारको नियम अनुसार दुर्घटना भई मृत्यु भएमा ५ लाख सम्म मृतकका परिबारले क्षर्तीपुर्ती पाउनु पर्ने र घाईतेको उपचार समेत शवारी धनीले गर्नु पर्ने उललेख छ । सबारी धनीले आर्थिक अबस्था कमजोर भएका कारण क्षतीपुर्ती दिन नसकिने भने पछि शुक्रबार आफन्तहरुले लास बुझेको थिएनन् । मष्टा – १ का वडा अध्यक्ष रामचन्द रोकायाले भन्नुभयो, शुक्रबार बिहान शवारी धनीले बिमा बाफत आउने र बाँकी रकम आफै बेहोर्ने तरिकाले सहमतीको कागज बनाए पछि सहमती जुटेको दाह संस्कार समेत गरिएको बताउनुभयो ।
यस्तो बिपत्तीलाई ध्यानमा राखि जिल्लाका सबै पालिकाकाले घाईतेहरुको उपचार र मृतक परिबारजनलाई क्रिया खर्च दिने भएका छन् । बिहिबार मष्टा गाउँपालिकाका अध्यक्ष ज्ञानबहादुर बोहराको समन्वयमा जिल्लाका सबै पालिकाका प्रमुखहरुले जिल्लाको सबै भन्दा ठुलो दुर्घटना भएको भन्दै सहयोग गर्ने प्रतिबद्धता समेत गरेका छन् । प्रमुखहरुको बैठकले प्राकृतीक बिपतीका साथै आगामी दिनमा समेत यस्ता दुर्घटनालाई मिलेर सामना गर्नका लागी सहमती गरेका छन् । मष्टा गाउँपालिका अध्यक्ष ज्ञान बहादुर बोहराले भन्नुभयो , यस्तो बिपत्तका बेला सबैले सहयोग गर्ने सहमतीका साथ समन्वय गरेर जिल्लाका ११ वटा पालिकाबाट १९ लाख रुपयाँ सहयोग जुटेको समेत बताउनुभयो । उहाँले आफ्नो पालिकाले मृतक परिवारलाई प्रति परिबार ५० हजार क्रिया खर्च र घाईतेहरुको उपचारका लागी बाहिर जिलला रिफर गरेका प्रति ब्यक्ति रु २० हजार र यातायात खर्च दिएको बताउनुभयो । सो दुर्घटनामा परि मृत्यु हुनेहरुमा मष्टा गाउँपालिका –२ का १३ बर्षिया सम्झना खड्का, १५ बर्षिया रोशन खड्का , २८ बर्षिया बषन्तीधामी , १३ बर्षिया प्रचण्ड खड्का , ३८ बर्षिया बिरेन्द्र अधिकारी ७महिनाकी बालिका दिक्षिता कठायत र शुक्लाफाँटा नगरपालिका – ७कन्चनपुरका ४२ बर्षिया झरेन्द्र बोहरा र मष्टा– १ की ५० बर्षिया सिन्की देबी भण्डारीको मृत्यु भएको थियो ।सोही जिप दुर्घटनामा परि १७जना घाईते भएका थिए ।

समाचार खप्तड आवाजको सहमती बिना चोर्न पाईने छैन् । अन्यथा कानुनी बाटोमा जाने छौ ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार