निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै एमाले उम्मेदवार महरलाइ आयोगको २४ घण्टे स्पष्टीकरण

  खप्तड समाचारदाता  1298 पटक हेरिएको

बझाङ,कार्तिक ४ गते ।आचारसंहिता उल्लंघन गरेको भन्दै निर्वाचन आयोगले एमाले बझाङका प्रतिनिधिसभा सदस्य उम्मेदवार ऐन महरलाई स्पष्टीकरण सोधेको छ। जिल्ला सदरमुकाम नजिकै रहेको भोपुरमा संचालन भएको जिल्ला स्तरिय फुटबल प्रतियोगितामा ४१ हजार चन्दा दिए पछि निर्वाचन आयोगमा उजुरी परेको थियो ।

महरले एक साता अगाडि भोपुरमा भएको जिल्ला स्तरीय फुटबल प्रतियोगितामा सार्वजनिक रुपमा चन्दा दिएको घोषणा गरेका थिए ।निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै आयोगले महरलाई स्पष्टीकरण सोधेको हो।जिल्लास्तरीय खुला प्रतियोगिताको विजेतालाई पुरस्कारस्वरूप ४१ हजार रुपैयाँ प्रदान गरेको भन्दै आयोगले २४ घन्टाभित्र स्पष्टीकरण दिन उनलाई निर्देशन दिएको हो ।

निर्वाचन आचारसंहिता २०७९को दफा ९४० को खण्ड ९ न० मा कसैले पनि कुनै प्रकारको निर्वाचनको स्वच्छता , निस्पक्षता लाई प्रभावित गर्ने गतिबिधी गर्न नपाइने ब्यवस्था गरेको छ । साथै सोही आचारसंहिताको खण्ड ९ झ० कुनै पनि क्लब , सामाजिक संस्था , धार्मिक संस्था , आमा समूह, गैरसरकारी संस्था , आश्रम जस्ता संस्थालाई नगद जिन्सी बितरण गर्न , अनुदान , आर्थिक सहायता, अनुदान , चन्दा पुरस्कर , निर्वाचन खर्च ,बुद खर्च नदिन पाउने ब्यवस्था उल्लेख गरिएको छ । महरले निर्वाचन आचारसंहिताको उल्लंघन गरेको आयोगको ठहर छ । सो विषयमा आयोगले अनुसन्धान समेत थालेको निर्वाचन आयोगले जनाएको छ ।

उम्मेदवार महरको सहयोगमा नेकपा एमालेको भातृ संस्था समेत रहेको खेलकुद महासङले यहि कार्तिक ५ गते सदरमुकाम चैनपुरमा आयोजना गर्न लागेको जिल्ला ब्यापी पुरुष तथा महिला भलिबल प्रतियोगिताले समेत निर्वाचनलाई प्रभावित गर्ने भन्दै सो प्रतियोगिता रोक्नका लागि समेत गठबन्धनका नेताहरुले आयोगलाई आग्रह गरेका छन । सो प्रतियोगिताका लागि समेत महरले आर्थिक सहयोग गर्ने वचन दिएको समेत श्रोतको दाबी छ । यसरी आचारसंहिता उल्लंघन गरेको भन्दै महरको चर्को आलोचना हुन थालेको छ ।

समाचार खप्तड आवाजको सहमती बिना चोर्न पाईने छैन् । अन्यथा कानुनी जाने छौ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार