बझाङमा जिप दुर्घटनामा ७ जनाको मृत्यु , १७ जना जना घाईते

  खप्तड समाचारदाता  502 पटक हेरिएको


बझाङ । बझाङको मष्टा गाँउपालिकामा भएको जिप दुर्घटना परी मृत्यु हुनेको संख्या ७ पुगेको छ । १७ जना घाईते भएका छन् । बुधबार अपराह्न ४ बजे सदरमुकाम चैनपुरबाट मष्टा गाउँपालिका– २, खेतकोट जाँदै गरेको सुपप्र ०१–००१ च ११७ नम्बरको जिप मष्टा गाउँपालिका – १ तुफानडाडामा दुर्घटना भएको थियो ।
जिप दुर्घटनामा परि मृत्यु हुनेहरुमा मष्टा गाउँपालिका –२ का १३ बर्षिया सम्झना खड्का, १५ बर्षिया रोशन खड्का , २८ बर्षिया बषन्ती धामी , १३ बर्षिया प्रचण्ड खड्का , ३८ बर्षिया बिरेन्द्र अधिकारी ७ महिना की बालिका दिक्षिता कठायत र शुक्लाफाँटा नगरपालिका – ७ कन्चनपुरका ४२ बर्षिया झरेन्द्र बोहरा रहेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी रमेश दत्त अबस्थीले जानकारी दिनुभयो । सोही जिप दुर्घटनामा परि १७ जना घाईते भएका छन् भने ५ जनाको अवस्था गम्भिर रहेको छ । घाइते हुनेमा मष्टा गाउँपालिका– २ का ८ बर्षिय अमृत खड्का, १३ बर्षिया रोशनी धामी, सिंहवीर बुढा, ३५ बर्षिय गाडी चालक राजेश रोकाया, ४ बर्षिय सिर्जन सिंह, ११ बर्षिया अम्बिका सिंह, ५० बर्षिया सिन्कि देवि भण्डारी, सोही वडा २५ बर्षिया कमला कठायत, २१ बर्षिया निन्दा ओखेडा, ७५ बर्षिय बिरबहादुर खड्का, मष्टा साडा– १ बस्ने ३६ बर्षिय सन्तोष सिंह, २२ बर्षिय ईश्वर ओखेडा, अनिस ओखेडा, १० बर्षिय अंकित खड्का, ७५ बर्षिय बिरबहादुर खड्का, ४ बर्षिय सिम्रन सिंह, २२ बर्षिया हेमन्ती सिंह रहेको समेत उहाँले बताउनुभयो । ५ जना गम्भिर घाईते भएकाहरुलाई थप उपचारका लागी धनगडी रिफर गरिएको छ भने बाँकी १२ जनाको जिल्ला अस्पताल बझाङमा उपचार भईरहेको छ ।
जिल्ला सदरमुकाम चैनपुरमा लाग्ने सिलदेवी मेला हेरेर फर्किँदै गरेका यात्रु चढेको जिप दुर्घटनामा परेका प्रहरीले जनाएको छ । जिपमा जम्मा २४ जना जना सवार सवार थिए । क्षमता भन्दा दोब्बर संख्यामा यात्रु बोकेर गए पछि जिप अनियन्त्रीत भई भिरमा खसेको हुन सक्ने प्रहरीको अनुमान छ । प्रहरी, ससस्त्र प्रहरी नेपाली सेना र स्थानीयवासीको समन्वयमा घटनास्थलबाट घाइतेहरूको उद्धार गरी जिल्ला अस्पताल सिमखेतमा ल्याएका थिए । जिप सडकबाट करिब ५ सय मिटर तल खसेर भिरमा अड्किएको छ । भीरमा दुर्घटना भएकाले उद्धारमा समेत कठिनाइ भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार