बझाङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, २ जना घाइते

  कल्पना उपाध्याय  230 पटक हेरिएको

बझाङ,असोज ३० गते । बझाङमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। जिल्लाको बित्थडचिर गाउँपालिका वडा नम्बर २ मा ट्याक्टर दुर्घटना भएको हो। शनिबार २३ वर्षीय करन बोहराले चलाएको  सु प प्र ०१–००२ प ४९३० नम्बरको ट्याक्टर  दुर्घटनामा २ जना घाइते भएका थिए।

सोही ठाउँका चालक करन बोहरा, २८ वर्षीय निरज बोहरा घाइते भइ डडेल्धुरा अस्पताल रेफर गरिएको थियो। उपचारका क्रममा चालक बोहराको मत्यु भएको प्रहरी स्रोतले जनाएको छ। ट्याक्टर सडकभन्दा ३०० मिटर तल खसेको थियो। घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय बझाङले बताएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार