बझाङमा एक पुरुषको शव फेला

  कल्पना उपाध्याय  370 पटक हेरिएको

बझाङ,असोज २९ गते । बझाङमा एक पुरुषको शव फेला परेको छ। जिल्लाको दुर्गाथली गाउँपालिका–३ को गौरेनी खोलामा अन्दाजी ५५ बर्षिय एक पुरुषको बेवारिसे अवस्थामा शव फेला परेको हो ।

हाल नाम, थर, वतन नखुलेका पुरुष शनिबार मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । गौरेनी खोलामा बिहान ११ बजे स्थानीयले मृत अबस्थामा देखेपछि जिल्ला प्रहरी बझाङलाई खबर गरेपछि प्रहरीको टोलि घटनास्थलमा पुगेको हो ।

अन्दाजी ५५ बर्षिय,कालो बण,खैरो दाउरासुरुवाल, कालो जकेट लगाएका पुरुषको शव भेटिएको र पहिचान हुन नसकेको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार