
बझाङ,असोज १३ गते । बझाङमा चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागु गरिएको छ। चाडपर्वका बेला हुनसक्ने सम्भावित घटनालाई मध्यनजर गरी सुरक्षा योजना लागु गरिएको हो।
दसैँ, तिहार र छठ पर्वको अवसरमा जिल्ला सुरक्षा समितिको बैठकबाट सुरक्षा योजना बनाई लागु गरिएको जिल्ला प्रहरी कार्यलय बझाङका सुचना अधिकारी रमेशदत्त अवस्थिले बताए।
चाडपर्वमा कुनै अप्रिय घटना नघटुन् भन्ने उद्देश्यका साथ तीन ओटै सुरक्षा निकायको समन्वयमा एकीकृत रुपमा सुरक्षा योजना बनाएर लागु गरिएको उनले बताए।
चाडपर्वमा हुनसक्ने अपराधिक गतिविधि न्यूनीकरणका लागि जिल्ला सदरमुकाम चैनपुर नजिकै सिमखेत बजारको बसपार्क,झोता,बागथला र स्याडिमा नागरिक सहायता कक्षा स्थापना पनि गरिएको बताइएको छ।
चाडपर्व सुरु भएसँगै जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।


331 पटक हेरिएको 









