
बझाङ,असोज ११ गते । बझाङका दुुइ वटा र बाजुरा जिल्लाका दुुई वटा गरि चारवटा स्वास्थ्य चौकीका व्यवस्थापन संचालक समितिका पदाधिकारी हरु संग आज बझाड सदरमुकाम चैनपुरमा एक दिने अभिमुुखीकरण कार्यक्रम गरिएको छ ।
रिड नेपाल र ग्रिन तारा नेपाल सस्था द्धारा संचालन गरिएको गरिमा परियोजना वाट बाजुरा जिल्लाको खप्तडछेडदह गाँउपालीका अन्तरगत रहेको वडा नम्वर १ को काँडा स्वास्थ्य चौकी २ नम्वर वडामा रहेको जयबागेश्वरी स्वास्थ्य चौकी र खप्तडछान्ना गाँउपालीका ७ मा रहेको गडराय स्वास्थ्य चौकी र ६ नम्वर वडामा रहेको पाटादेवल स्वास्थ्य चौकीका संचालक समितिका पदाधिकारीहरु संग अभिमुुखीरकण कार्यक्रम गरेको हो ।चैनपुरको होटल देवी स्थानमा भएको दुुइ जिल्ला स्तरयि उक्त कार्यक्रम गरिमा परियोजनाकी म्यानेजर सरिता गुुरुङको अध्यक्षतामा भएको थियो ।
कार्यक्रममा सस्थाकी डाक्टर मनिता प्याकुुरेलले सहजिकरण गरि कार्यक्रमको लक्ष्य उदेश्य साथै विषय बस्तुुमा छलफल गरेकी थिइन् । साथै उहाँले नेपालमा स्वास्थ्य प्रणालीमा भएको चृुुनौती, स्वास्थ्य चौकी संचालन समितिको काम कर्तव्य अधिकार व्यवस्थापकको भुुमीका , नेतृत्वको भुुमीका बारे जानकारी गराएकी थिइन् ।
साथै कार्यक्रममा चार वटै स्वास्थ्य चौकीहरुको हालको कार्य सम्पादनको अवस्था , समस्या उपलव्ध स्रोत साधान साथै चुुनौतीहरुको बारेमा पनि समुह कार्यगरी गहन छलफल गराएको थियो । नागरिकको स्वास्थ्य उपचार सेवा पाउनुु संवैधानीक हक भएकाले नागरिकको सवै भन्दा नजीक जनताको सहज पहुँचमा स्वास्थ्य चौकी हुुदाँ स्वास्थ्य चौकीको सेवा सुुविधा लाइ प्रभावकारी बनाउनुु औषधीको उपलव्धता जनसक्ती र अन्य सामाग्री पुुर्वाधारहरुको उपलव्धता गर्नु पर्ने सहभागीहरुले जोड दिएका थिए ।कार्यक्रममा चार वटै स्वास्थय चौकी संचालक समितिका अध्यक्ष तथा वडा अध्यक्षहरु गडरायका रमानन्दा जोशी पाटादेवलका तेज बहादुर खड्का जयबागेश्वरीका भक्त बहादुर बुुडा, काँडा बाजुराका विर बहादुर रावल सहभागी थिए ।
साथै वडा सचिव स्वास्थय चौकीका इन्चार्ज विद्यालका प्र अ महिला स्वयस्वयम सेविका गरि चालीस जनाको सहभागीता रहेको सहभागी गडरायका वडा अध्यक्ष रमानन्द जोशीले वताउनुु भयो । विगत छ सात महिना अगाडी देखी लागुु भएको रिड नेपाल र ग्रिन तारा नेपाल नामक सस्थाले करुना ट्रस, करुना जर्मन सहयोग बाट बाजुरा र बझाडको सिमाना जोडीएका खप्तडछान्ना र खप्तडछेडेदहमा छाउपडी प्रथामा सुधान गर्ने विभिन्न कार्यक्रम गर्दै आएको छ यसका साथै समाजमा रहेको महिला र पुुरुष विचको विभेद असमानताहरु हटाउने, बालबालीकाहरुको शैक्षिक सुधार गर्न स्वास्थ्य सस्था विद्यालयहरुको सस्थागत विकासका लागी पनि विभिन्न सहयोग तथा जनचेतना मुुलक कार्यक्रमहरु गर्दै आएको गरिमा परियोजनाका कार्यक्रम संयोजक विक्रमराज जोशीले वताउनुु भएको छ ।


522 पटक हेरिएको 









