बझाङमा नेपाल टेलिकमको नेटवर्कमा समस्या

सामान्य फोन गर्नपनि डाँडाकाँडा धाउनुपर्ने बाध्यता कायमै

  कल्पना उपाध्याय  726 पटक हेरिएको


बझाङ,असोज ३ गते। बझाङ जिल्लाका बिभिन्न स्थानीय तहहरुमा नेपाल टेलिकमको नेटवर्कमा समस्या भएको छ । नेपाल टेलिकमको नेटवर्कमा समस्याहुदाँ इमर्जेन्सी काममापनि सञ्चार विहिन हुनु परेको स्थानीय बासिन्दाले गुनासो गरेका छन् । जिल्लाको खप्तडछान्ना गाउँपालिका,छविसपाथिभेरा गाउँपालिका, बुङ्गल नगरपालिका र केदारस्युँ गाउँपालिकाका विभिन्न स्थानहरुमा नेपाल टेलिकमको नेटवर्कको समस्या बेला बेलामा हुने गरेको स्थानीय बासिन्दाले बताएका छन् ।पटक पटक नेटवर्क आउने जाने, नेटवर्कले राम्ररी काम नगर्ने र फोन गर्न डाँडाकाँडा धाउनुपर्ने झन्झटिलो बाध्यता रहेको खप्तडछान्ना गाउँपालिकाका वडा नं ७ का स्थानीय तथा शिक्षक उपेन्द्र मल्लले बताउनुभयो ।

“हामी छान्नाबासी सर्वसाधारण जनताहरुले सोचेको जस्तै नेटवर्क सुविधा कहिले पाउछौ त ? टेलिकमको टावरमा केही प्राबिधिक समस्या छ भनेपनि सुधार गर्नु पर्यो होइन भने के देखाउन लाई मात्रै टावर बनाएको होर ? दिउँसो ११ बजेसम्म पनि टावर आउदैन भने हामीले कसरी नेटवर्क मार्फत काम गर्ने खवर आदान प्रदान गर्ने,सरोकारवाला निकायले बेलैमा ध्यान दिनुपर्छ“खप्तडछान्ना ५ कालुखेतीका स्थानिय धर्म गिरीले भन्नुभयो । यस्तै गाउँघरमा सामान्य पानि पर्दापनि नेटवर्क गइहाल्छ, इमर्जेन्सी काममा पनि सञ्चारविहिन हुपरेको छ,त्यसैले आकाशमा बादल लाग्दापनि चिन्ता लाग्ने गरेको छ,अहिलेको इन्टरनेटको जमनामा पनि सञ्चार सुविधाबाट बञ्चित हुनु भनेको दुखको कुरा हो,खप्तडछान्ना ४ पसलबगरका स्थानिय पर्पल थ्टले गुनासो गर्नुभयो ।

खप्तडछान्ना गाउँपालिका वडा नं ४ नेटाकाटियाँको चौकाडाँडा र वडा नं.६ बयानाको डाँडामाण्डौमा, बुंगल नगरपालिकाको जयनलि डाँडा,डिन्नु डाँडा दह बगर डाँडा यस्तै केदारस्युँ गाउँपालिकाको केदार डाँडा र छविसपाथिभेरा २ को मेल्लेखि डाडाँमा नेपाल टेलिकमका टावरहरु रहेका छन् । डाँडामा टावरहरु भएको भएपनि अहिलेसम्म टावर रहेका डाँडासम्म विजुली पु¥याउने पहल नभएको र सोलारको भरमा नेर्टवर राम्रो काम नगर्ने भएको छ। यस बिषयमा कुनै निकायले ध्यान नदिदाँ जनताहरुले समस्या भोग्न परेको खप्तडछान्ना गाउँपालिका ४ कि गिता रोकायाको गुनासो छ ।

यता खप्तडछान्ना गाउँपालिका अध्यक्ष उत्तम बहादुर रोकायाले भने दशै र तिहारको बिचमा नै टावरहरुमा राष्ट्रि««य प्रसारण लाइनको बिजुली पुर्याउने गरेर काम भइरहेको बताउनुभयो । उहाँले अहिले टेलिकमका टावरहरुमा ब्याट्रि खराबहुदाँ नेटवर्कमा समस्यामा भएको र आजभोली मौसम प्रतिकुलका कारण सुधार्न समस्या भएको बताउनुभयो । अब मौसम खुल्ने बित्तिकै काम शुरु गर्ने गरेर गाउँपालिका लागिपरेको अध्यक्ष रोकायाको भनाई छ ।

बझाङ जिल्लाका बिभिन्न स्थानमा नेटवर्कले काम नगरेको कारण अब छिटै सम्बन्धित निकायले गम्भीरतापूर्वक ध्यान दिनुपर्ने सर्बसाधारणको भनाइ रहेको छ । सामान्य पानि आउने बित्तिकै टावर जाने र अत्यन्त जरुरी काम गर्नु परेको भयपनि पनि सञ्चार विहिन हुनु परेको छ ।जिल्लाका विभिन्न स्थानहरुमा नेपाल टेलिकमको नेटवर्कको समस्या बेला बेलामा हुने गरेको स्थानीय बासिन्दाले बताएका छन् ।यस विषयमा नेपाल टेलिकम बझाङसँग थप बुझ्न खोज्दा फोन कन्ट्याक्टनै भइरहेको छैन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार