
बझाङ,असोज १ गते । नबौ राष्ट्रिय खेलकुदका लागि सुदुरपश्चिम प्रदेश स्तरिय छनौट प्रतियोगिताको पहिलो चरणमा कैलालीलाई बझाङले हराएको छ ।
कञ्चनपुरको महेन्द्रनगरमा सनिबार भएको खेलमा कैलाली र बझाङ बिचमा भएको खेलमा बझाङले जितेको हो ।बझाङ र कैलालिका बिचमा भएको खेलमा दुई दुई खेल जितेर अन्तिम एक खेलमा भने कडा प्रतिस्पर्धा भएको थियो ।
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत सुदूरपश्चिम प्रदेशस्तरीय छनोट प्रतियोगिता शुक्रबारदेखि हुने भएको थियो। छनोट आगामी सात गतेसम्म सञ्चालन हुनेछ।
सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का अनुसार छनोट प्रतियोगितामा फुटबल, क्रिकेट, कबड्डी, भलिबल, बास्केटबल, ह्यान्डबल, ब्याडमिन्टन, टेवलटेनिस, कराँते, भारत्तोलन, बक्सिङ, उसु, तेक्वान्दो, खो खो, बुद्धिचाल, कुश्तीलगायत खेल समावेश गरिएको छ। छनोट प्रतियोगिता कैलाली र कञ्चनपुरमा सञ्चालन भइरहेको छ ।


1047 पटक हेरिएको 







