राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत खप्तडछान्ना गाउँपालिकाका ८ वटा विद्यालय छनोट

  कल्पना उपाध्याय  552 पटक हेरिएको


बझाङ,भाद्र ३० गते । चालु आर्थिक वर्ष २०७९÷८० का लागि राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको मिति २०७९÷०५÷२९ को मन्त्री स्तरीय निर्णय अनुसार बझाङको खप्तडछान्ना गाउँपालिकाका ८ वटा विद्यालय छनौट भएका छन् ।

खप्तडछान्ना गाउँपालिका वडा नं. ६ मा रहेको श्री कोटीखेत माध्यमिक विद्यालय बयाना ४ कोठे भवन कार्यक्रम अन्तर्गत छनौटमा परेको छ । त्यस्तै वडा नं. ६ तिउनेमा रहेको खापरेश्वर आधारभुत विद्यालय,खप्तडछान्ना ७ मा रहेको श्री महेश्वरी माध्यमिक विद्यालय गडराय,वडा नं. ५ पिठातोलामा रहेको बालविकास आधारभुत विद्यालय र सोहि वडाको सुतारीगाउँमा रहेको खापरेश्वरी आधारभुत विधालय २ कोठे भवन कार्यक्रम अन्तर्गत छनौटमा परेका छन् ।

यसैगरी वडा नं. १ पौवागढिमा रहेको श्री बागेश्वरी आधारभु विद्यालय, वडा नं. १ खातीगाउँमा रहेको जगदम्बा आधारभुत विद्यालय र वडा नं. ४ मा रहेको दुर्गामाहालिंग माध्यमिक विद्यालय चौका सूचना तथा सञ्चार प्रविधि (आइसिटी) कार्यक्रम अन्तर्गत छनौटमा परेका छन्।छनौटमा परेका विद्यालय मध्ये ४ कोठे विद्यालय भवन निर्माणको लागि ५५ लाख र दुइ कोठाको लागि २७ लाखको रकम अनुदान उपलब्ध गराइने शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ ।

यस्तै छनौट भएका विद्यालय मध्ये सूचना तथा सञ्चार प्रविधि (आइसिटी) व्यवस्थापनको लागि ६ लाख ५० हजार रकम अनुदान उपलब्ध गराइने मन्त्रालयले जनाएको छ ।कार्यक्रम कार्यान्वयन सम्बन्धी विस्तृत प्रक्रिया तयारी भइरहेको र बजेट बित्तिय हस्तान्तरण हुने क्रममा रहेकोले सो प्राप्त भएपश्चात कार्यक्रम गर्न गराउन स्थानीय तहहरुलाइ शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको सूचनामा उल्लेख गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार