कैलालीमा लागुऔषध सहित बझाङका एक युवक पक्राउ

  कल्पना उपाध्याय  413 पटक हेरिएको

बझाङ,भाद्र २९ गते । कैलालीमा लागुऔषध सहित बझाङका एक युवक पक्राउ परेका छन् ।

बझाङको छविस पाथिभेरा गाउँपालिका वडा नं ४ घर भई हाल कैलालीको धनगढी उपमहानगरपालिका– १ पुष्पलाल चोकमा डेरा गरी बस्ने २४ वर्षीय बिशाल थापालाई प्रहरीले मंगलबार राती पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले थापाको साथबाट ७ ग्राम २ सय ६० मिलिग्राम अवैध लागुऔषध ब्राउनसुगर सहित प्रकाउ गरेको बताइएको छ । यस विषयमा थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार