
बझाङ । ईन्द्र जात्राको दिन देखि सुरु हुने खप्तड छान्ना गाँउपालिकाको पाटादेबलमा लाग्ने सदूरपश्चिम प्रदेशको प्रसिद्ध धार्मिक एबम् ऐतिहासिक शैनडाडा मेलाको रौनक छाँएको छ । स्थानीय बासीहरुले शैनडाडा मेलालाई भब्य सब्य र ब्यबस्थित बनाउन बिभिन्न कार्यक्रमहरु आयोजना गरि मनाउन तयारी गरे संगै यस क्षेत्रमा उत्साह छाँएको हो ।
कोरोना भाईरसको महारीले दुई बर्ष समाज्य पुजा बाहेक बृहत रुपमा बनाउन नपाएको शैनडाडा मेला यस बर्ष भने धुमधाम तयारीका साथ मनाउन थालीएको छ । सुदुरपश्चिमको प्रमुख पर्यटकिय गन्तब्य खप्तडको खापर दह (खप्तड ताल)बाट डोला ल्याई पाटादेबलको खापरमाण्डौमा भब्यताका साथ मनाईने यो जात्रा ईन्द्र जात्राका दिन देखि सुरु हुन्छ । ईन्द जात्रा भन्दा अघिल्लो पूर्णिमाका दिन खप्तड ताल नजिकै रहेको खापर देबताको मन्दिरमा पुजा आजा गरि यो जात्राको प्रारम्भ भएको मानिन्छ । जसलाई स्थानीय भाषामा उकालु भन्ने चलन छ । त्यसको एक महिना पछि स्थानीय धामी झाक्रीहरुले, पुजारी, खापरका करियाँहरु , र खापरको घोडा समेत लिएर खप्तडको ताल नजिकैमा रहेको खापर मन्दिरमा रात भर जाग्राम बसी पुजाआजा गरि बिहान देबता (महारानी) लाई बिहे गरि डोलीमा चडाई खप्तड छान्ना गाँउपालिका ६ मा पर्ने पाटादेबलमा रहेको खापरमाण्डौमा भित्र्याई धुमधाम संग मेला बनाउने चलन छ ।

जिल्लाको चर्चित र प्रसिद्ध मेला मध्ये शैनडाडा मेलाको ब्याबस्थापन प्रचार प्रसार तथा सभ्य र भब्य रुपले मनाउन यस बर्ष स्थानीय सरकारका हैसियतले खप्तड छान्ना गाँउपालिकाले अगुवाई गरेको छ । बर्षेनी ईन्दजात्राको दिन देखि सुरु हुने शैनडाडा मेलामा यस बर्ष पनि शुक्रबार देखि सरु भएको जात्रा सनिबार खप्तडको खापर दह (खप्तड ताल)बाट डोला ल्याई मेला लाग्ने स्थान पाटादेबलको खापरमाण्डौ भित्र्याउने चलन रहेको छ । डोला भित्र्उदा यस क्षेत्रका थप्रै धामी झाक्र्री चल्ने (काप्ने) महिनाबारी नभएको कन्या हरु चल्ने (काप्ने), खापर देवताको घोडा समेत चल्ने (काप्ने)भएकाले शैनडाडाको डोला ल्याउँदाको अबस्था यस जात्राको प्रमुख आर्कषण रहेको खप्तड छान्ना गाँउपालिका अध्यक्ष उत्तम बहादुर रोकायाले बताउनुभयो । उहाँले यसपाली पनि जात्रा सभ्य र ब्यबस्थीत भएको छ , हामीले जाड रक्सीलाई पूर्ण रुपले बन्द गरेका छौ ।

राती देउडा तथा साँस्कृतिक कार्यक्रमहरु गर्ने साथै बिहान देखि भलिवल प्रतियोगता र देउडा प्रतियोगिता साथै गाँउपालिका भित्रका केही बिध्यालयहरुले पिटी प्रर्दशन समेत गरेका गर्ने कार्यक्रम रहेको समेत बताउनुभयो । मेला चार दिन सम्म चल्लने छ । भौगोलिक हिसाबमा पनि छान्ना क्षेत्र समथल भु भाग सहित रमणिय ठाँउ भएको र भदौ असोज महिना हरिया र पहेला धानबाली झुलेका देखिने हुदा यो ठाँउ आर्कषक हुने हुदाँ यस मेलामा छिमेकी जिल्ला बझाङ, बाजुरा , डोटी र अछाम बाट जात्रुहरु आउने गर्दछन् ।

जिल्लामा लाग्ने स्थानीय चाड पर्वहरुको महत्व घट्दै गए पछि यस्ता मेलाहरुको संरक्षण र प्रर्बधन गर्न मेलामा साँस्कृतिक कार्यक्रम, लोक दोहारी , देउडा प्रतियोगिता , भलिवल प्रतियोगिता तथा स्थानिय झाकी प्रदर्षन गर्ने प्रचलन बढी रहेको छ । बझाङ्गमा लाग्ने प्रमुख मेलाहरुमा छान्नाको शैनडाडा मेला , बान्नी कै चैतली मेला , चैनपुरको शिलदेबी मेला र नौबिसको बिर्सती मेला हुन् ।
फोटो ः पिटी खेल्दै स्थानीय पाटादेवल माबिका बिद्यार्थीहरु ।
खप्तडबाट मुसेरानीको डोली ल्याउदा स्थानीय देवताका धामी झाक्र्रीका काप्दै । तस्बिर ः शैलेन्द्र रोकाया ।


494 पटक हेरिएको 









