एमाले बझाङमा बिक र सिंहलाई किनारा लगाउँदै उम्मेदवार सिफारिसमा महरले मारे बाजी

  खप्तड समाचारदाता  642 पटक हेरिएको

बझाङ । आगामी मंसिर ४ गते हुने भनिएको प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनका लागी नेकपा एमाले बझाङले उम्मेदार सिफारिस गरेको छ । पाटी भित्रका नेताहरुको निकै रस्सा कस्सीका बिचबाट नेकपा एमाले बझाङले उम्मेदवार सिफारिस गरेको हो ।

बिषेष गरि दुई वटा गुटका बिचमा निकै पेचिलो बनेको उम्मेदरवार छनौट प्रकृयामा अन्तत अनेरास्वबियुका पुर्व अध्यक्ष समेत रहेका ऐन महरले सिफारिसमा नै बाजी मारेका छन् । जिल्लामा प्रतिनिधी सभा सदस्य तथा नेकपा एमालेका जिल्ला ईन्चार्ज भैरब बहादुर सिंह र युवा नेता ऐन महर नेतृत्वको गुटका बिचमा जिल्लामा केही समय देखि अन्र्तरद्वन्द बढ्दै आई रहेको थियो । जिल्लामा संस्थगत रुपमा नै एमाले भित्रको अन्र्तद्वन्द भुसको आगे जस्तै सल्कि रहेको छ ।

आगामी निर्वाचनमा प्रतिनिधी सभा र प्रदेश सभा सदस्यका लागी एमाले नेताहरुका बिचमा केही समय देखि अन्र्तरसंर्घष जारी रहेको थियो । प्रतिनिधी सभा सदस्यको टिकटका लागी संसद आसा बिक र भैरब बहादुर सिंह देखि डराएका नेता ऐन महरले आपफुलाई एकल रुपमा सिफरिस गर्नका लागी जिल्ला तहका नेताहरुलाई लबिङ गर्दै आई रहेका थिए । प्रतिनिधी सभामा बझाङ जिल्लाका समस्याहरुलाई उठाएर लोकप्रियता कमाउदै आएकी संसद आसा बिक नेकपा एमाले अध्यक्ष केपीको बिश्वास पात्र समेत रहेका कारण महर उनि देखि डराएको एमाले स्रोतले जानकारी दिएको छ ।

यता बर्तमान संसद भैरब बहादुर सिंह समेत जिल्ला ईन्चार्ज भएका कारणले टिकट टप्काई हाल्छन की भनेर जिल्लामा महरले आसा बिक र भैरब बहादुर सिंहलाई सिफारिस मै रोक्नका लागी निकै कसरत गरेको नेकपा एमालेका एक नेताले बताउनुभयो । महरले सांसद बिकलाई रोक्नका लागी जयपृथ्बी नगरपालिका निवर्तमान उपमेयर जुना जाग्रीलाई अगाडी सारेको ति नेताको आरोप छ । यता महरले सिंह र बिकलाई मात्र रोक्नका लागी उम्मेदवार सिफारिस समितीका सदस्यहरु , गाउँ कमिटीका अध्यक्षहरुलाई संग निकै लबिङ गरेको समेत ति नेताले नाम नखुलाउने सर्तमा बताउनुभयो ।

एमाले बझाङले संघमा प्रत्येक्ष तर्फ ३ जना, समानुपातिक तर्फ ८ जनाको नाम सिफारिस गरेको छ । त्यसैगरी प्रदेश सभा (क) बाट प्रत्येक्ष तर्फ ७ जना, प्रदेश सभा (ख) तर्फ ३ जनाको नाम सिफारिस गरेको छ । त्यसैगरी समानुपतिक तर्फ प्रदेश सभा (क) बाट ८ जना र प्रदेश सभा (ख) तर्फ ९ जनाको मान सिफारिस गरेको हो । नेकपा एमाले जिल्ला कमिटीले प्रतिनिधि सभाको प्रतक्ष उम्मेदवारका लागी सिफारिस हुनेमा एमाले जिल्ला सह इन्चार्ज ऐन महर, युवा नेता महेश भट्टराई र जयपृथ्बी नगरपालिका निवर्तमान उप प्रमुख जुना जाग्रीलाई सिफारिस गरेको छ । त्यसैगरी समानुपातिक तर्फ आनन्दलाल विश्वकर्मा, अर्जुन थापा, जनकराज जोशी, राधा कुमारी विष्ट, भागरथी अवस्थी, धनलक्ष्मी खत्री, सरिता भण्डारी, शंकर रसाइली, धर्मराज बोहरा, विजयराज श्रेष्ठ र चेताराज जोशीलाई सिफारिस गरेको छ ।

त्यसैगरी प्रदेश सभा (क) बाट प्रत्येक्ष तर्फ दमन भण्डारी, अफिलाल ओखेडा, बुनी कुमारी विष्ट, लालबहादुर थापा, विरेन्द्र खड्का, कलक खड्का, खडक बहादुर खड्का, प्रयागराज जोशी, कृष्ण चन्द्र बोहरा रहेका छन् । त्यसैगरी प्रदेश सभा क्षेत्र नं. (ख) बाट प्रत्येक्ष उम्मेदवारहरुमा एलवि रावल, दिलबहादुर भण्डारी, र जानकी धामीलाई सिफारिस गरेको छ । प्रदेश सभा क्षेत्र नं. (क) बाट ८ र प्रदेश सभा (ख) बाट ९ जनाको नाम सिफारिस गरिएको नेकपा एमाले बझाङले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार