
बझाङ, ।सर्बोच्च अदालतका कायम मुकायम प्रधान न्यायधीश दीपक कुमार कार्कीले न्यायपालिका प्रति आमजनताको भरोसा बढाउनका लागी सुधारको अभियानमा लागी रहेको बताउनु भएको छ । बुधबार जिल्लाअदालत बझाङको नवनिर्मित भवनको उद्घाटन गर्न हेलिकप्टर मार्फत बझाङ आई पुग्नु भएका प्रधान न्यायधीश कार्कीले न्यायपालिकामा भएका बिकृती बिसंगतीहरुलाई हटाएर आम नागरिकहरुले बिश्वास गर्ने खालको वातावरण बनाउनका लागी आफु लागी परेको बताउनुभएको हो ।
न्यायपालिकाको सुधारका लागी कुनै एकजना ब्यक्तिले मात्र गरेर नहुने हुनाले यस अभियानमा बिषेश गरि कानुन ब्यवासायि ,कर्मचारी र आमउपभोक्ताहरुले सजग हुनुपर्ने समेत बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँ कानुन ब्यवसायि पनि हुनुहुन्छ , उहाँहरुलाई अदालत भित्रको कर्मचारी खराव छ , को कर्मचारी राम्रो छ , को न्यायधीश खराव छ ,को राम्रो छ ,सबै थाहाहुने हुनाले त्यो कुरा पनिबाहिर ल्याउनु पर्छ ”। खरावलाई खराब भनेर चुप लागेर नबस्न सबैलाई समेत उहाँले आग्रह गर्नुभयो ।कामगर्ने कर्मचारीहरुलाई उत्साह र प्रोत्साहन गर्नुपर्ने बताउँदै न्यायपालिकाको सुधारको अभियान तल्लो तहबाट गरिनु पर्नेमा जोड दिनुभयो । उहाँले न्यायपालिका रणनितिक योजना बनाएका अगाडी बढेको बताउँदै न्यायपालिकामा पहिलेको तुलनामा धेरै सुधारका काम भएको बताउनुभयो । उहाँले भन्नुभयो, “न्यायपालिका सबै सुधार भयो भनेर भन्न सकिने अबस्था त छैन् । न्यायपालिका प्रति पनि धेरै गुनासापनि छन् । ति गुनासाहरु लाई सम्बोधन गर्नका लागी तल्लो तहमा रहेका न्यायलयको ठूलो भुमिका हुन्छ” । जिल्ला अदालत बझाङका कर्मचारीहरु तर्फ ईगिंतगर्दै अदालतमा आउने सेवाग्राही हरुलाई खुशी बनाउन कर्मचारीहरुको ब्यवहार र आचरण राम्रो हुनु पर्नेमा जोड दिनुभयो ।
उहाँले अदालतमा आउने सेवाग्राहीहरुलाई बिना झंजट कामगरि दिनु पर्ने र समयमै कामनगरि दिनाले अदालतमा काम ढिलो हुन्छ भन्ने सन्देश समेत समाजमाजाने हुँदा न्यायलयप्रति नागरिक हरुमा नकरात्मक सन्देश समेत जाने हुँदा राम्रो ब्यवहारले कामगर्न कर्मचारीहरुलाई समेत निर्देशन दिनुभयो । अदालतको कानुनी र प्राबिधिक कुरा समेत सेवाग्राहीलाई थाहाँनहुने हुँदा राम्रो संग सम्झाएर ,बुझाएर पठाउनु पर्ने समेत उहाँको भनाई थियो । उहाँले यो सुधारको अभियानमा न्यायधीश र कर्मचारीहरुले आफ्नो पदिय मर्यादा र आचरणमा रहेर कर्तब्यबोध गरेर कामगर्नु पर्नेमा समेत उहाँको जोड थियो । समाजमा अहिले धेरै अगाडी बढेकाले कर्मचारीहरु सचेत हुनुपर्ने र राम्राmेलाई राम्रो र खराबलाई खराब भन्न सक्ने वातावरण तयार गर्नुपर्नेमा समेत उहाँले जोड दिनुभयो ।
उहाँले जिल्ला अदालत बझाङको नवनिर्मित भवनको शिलालेखको ब्यानर अनावरण समेत गरेर उद्घाटन गर्नु भएको छ ।यसका साथै उहाँले नवनिर्मित भवनको निरिक्षण गर्नुका साथै कर्मचारीहरुलाई समेत निर्देशन दिनुभएको छ । ८ करोड ३६ लाख रुपयाँको लागतमा निर्माण भएको भवन जिल्लाका सरकारी कार्यलयहरु मध्ये सबै भन्दा टूलो भवन हो । प्रधान न्यायधीश कार्की संगको टोलीमा कायम मुकायम मुख्य रजिष्टार नारयण प्रसाद पन्थी ,उच्च अदालत दिपायलका मुख्य न्यायधीश नृपध्वज निरौला ,प्रधान न्यायधीशकी श्रीमती शिबु कार्की लगायत सुरक्षा निकायका अधिकारीहरु सहितको टोली रहेको थियो ।


215 पटक हेरिएको 









