बझाङ । नेपाल सरकार र बिश्व खाद्य कार्यक्रमको साझेदारीमा आधारभुत तहका बिद्यार्थीहरुलाई खुवाईदै आएको दिवा खाजा ढुवानी हुन नसक्दा यहाँका ३ वटा दुई स्थानीयतहका ८० वटा बिद्यालयमा दुई महिना देखि दिवा खाजाबाट बञ्चित भएका छन् । बर्षायाम लागे पछि बझाङ जिल्लाका खप्तडछान्ना गाउँपालिका, मष्टा गाउँपालिका र साईपाल गाउँपालिकाका ८० वटा बिद्यालयमा साउन देखि दिवा खाजा ढुवानी हुन सकेको छैन् ।
बिद्यार्थीहरुको पोषणमा सुधार गर्नका लागी जिल्ला भरि नै बिश्व खाद्य कार्यक्रम अन्र्तरगत दिवा खाजा कार्यक्रम खुवाईदै आएको थियो । बर्षायाम लागे संगै तिन वटा स्थानीय तहमा सडक संजाल अबरुद्व भएपछि दिवा खाजा समेत ढुवानी हुन सकेको छैन् ।
जिल्लाको कैलास अधारभुत बिद्यालय लटौनका बिद्यालय ब्यवस्थापन समितीका अध्यक्ष बिर्ख बोहराले बिद्यालयमा दुई महिना देखि बिद्यार्थीहरुले दिवा खाजा खान नपाएको बताउनुभयो । उहाँले सडकको बिकल्पमा खच्चरहरु द्धारा ढुवानी गराउनु पर्ने भएपनि बिश्व खाद्य कार्यक्रमको लापवाहीका कारण दुई महिना सम्म पनि बिद्यार्थीहरुले दिवा खाजा खान नपाएको बताउनुभयो ।
त्यस्तै खप्तड छान्ना गाउँपालिकाको भाग्योदय आधारभुत बिद्यालयका प्रधानाध्यापक बसन्त बहादुर थापाले गएको असार पछि बिद्यार्थीलाई खाजाका लागी आउने चामल ,दाल, तेल र नुन ढुवानी नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “साउन र भदौमा दिवा खाजाको सामाग्री आएको छैन् , हामीले त यो बर्ष कटौती भयो की भनेर सोचेका थियौ तर बुझ्दै जादा ढुवानीमा समस्या भएका कारण नआएको भन्ने सुनियो ” ।
दैनिक प्रति बिद्यार्थी ८० ग्राम चामल , २० ग्राम दाल , १० ग्राम तेल, २ ग्राम तेल गरि ११२ ग्राम खाजा दिने ब्यवस्था गरिएको छ । बिश्व खाद्य कार्यक्रमले ठेकेदार कम्पनी मार्फत सबै पालिकाहरुमा खाजा ढुवानीको जिम्मा दिदै आएको छ । ढुवानीको जिम्मा पाएको सत्यबादी कन्टक्सनक प्रालिका सुवास कुमार श्रेष्ठले बर्षायाम आफुलाई गाडी मार्फत ढुवानी गर्ने भाडा मात्र दिएका कारण खच्चर ढुवानीको भाडा महड्ढो हुने भएका ढुवानी गर्न नसकिएको बताउनुभयो । उहाँले बिश्व खाद्य कार्यक्रमको धनगडीमा रहेको गोदामबाट पालिका स्तरमा बनाईएका गोदान सम्म गाडी मार्फत मात्र ढुवानी गर्ने गरि सम्झौता गरेको बताउँदै खच्चर भाडा थप गरि दियो भने सोही अनुरुप ढुवानी गरिदिने बताउनुभयो ।
दुई महिना बिसित सक्दा पनि खाजा ढुवानी हुन नसक्नु बिश्व खाद्य कार्यक्रमको लापरबाही भएको समेत स्थानीयको गुनासो छ । साईपाल गाउँपालिकामा रहेको धुली माबिमा भने बैशाख यता खाजाको सामाग्री पुगेको छैन् । काडाँ माबिका प्रधानाध्यापक रमेश जेठाराले भन्नुभयो, धुली क्षेत्रका दुई वटा बिद्यालयलाई दिने भनेको खाजाको सामाग्री साईपाल गाउँपालिकाको केन्द्र रहेको काडामा रहेको गोदाममा स्टक रहेको समेत बताउनुभयो । उहाँले बर्षायाममा यहाँका बिद्यार्थी यार्सा संकलन गर्न लेक तिर जाने भएकाले सोही समयमा स्टक रहेको खाजाले जेनतेन काम चलाई रहेको समेत उहाँको भनाई छ ।
बिश्ब खाद्य कार्यक्रमका बझाङ प्रतिनिधी राजेन्द्र रसाईलीले खच्चरबाट ढुवानी गर्नका लागी पहल भई रहेको समेत बताउनुभयो । उहाँले खच्चरबाट ढुवानीका लागी बजेट समेत स्वीकृत भई सकेकाले केही दिन भित्र ढुवानी हुने समेत बताउनुभयो । गएको बर्ष आएको बेमौसमि बर्षाका कारण बाढी पहिरोका कारण छेदबिच्छेद बनेका सडक तथा बाटो घाटोहरु यस बर्ष भने समान्य पानी पर्दा पनि अबरुद्ध भएका छन् । जिल्लाको साईपाल गाउँपालिकामा बाटो खोलेको झण्डै दुई हप्ता भएको छ भने मष्टा र खप्तड छान्नामा सडक खोल्ने काम सुरु भएको बताईएको छ ।
तस्बिर , बिश्व खाध्य कार्यक्रमको वेब साईटबाट साभार गरिएको ।


274 पटक हेरिएको 









