बझाङ, मंसिर ४ गते हुने प्रतिनिधी र प्रदेश सभा सदस्य निर्वाचनका लागी नेपाली कांग्रेस बझाङले निबेदन दिएका सबै उम्मेदवारहरुको बर्णानुक्रमका आधारमा सबै नामहरु सिफारिस गरेको छ । नेपाली कांग्रेस बझाङको जिल्ला कार्य समितीको बैठकले उम्मेदवारका लागी आकांक्षा राखेका सबै उम्मेदवारहरुको नाम सिफारिस गरि पठाएको हो ।
एक संघिय निर्वाचनको क्षेत्र भएको बझाङमा प्रतक्ष तर्फको एक सिटका लागी ८ आकांक्षीको बर्णानुक्रम अनुसार सिफारिस गरिएको छ । नेपाली कांग्रेस बझाङले प्रतिनिधिसभाका लागि प्रत्यक्ष तर्फ क्रमस ः केन्द्रीय सदस्य अर्जुनजंग बहादुर सिंह, चन्दादेवी जोशी, दलबहादुर विष्ट (कृष्ण), पृथ्वीबहादुर सिंह, प्रकाश रसाइली स्नेही, रमेशबहादुर भण्डारी , सत्यराज भण्डारी र डा.सुरेश मल्ल, गरी आठ जनाको नेताको नाम सिफारिस गरिएको नेपाली कांग्रेस जिल्ला कार्य समितिका प्रवक्ता रमानन्द जोशीले वताउनुभयो । उहाँले सबै उम्मेदवारहरुको समान हैसियत कायम रहने गरेर बर्णानुक्रम अनुसार सिफारिस गरि प्रदेशमा पठाएको समेत बताउनुभयो । समानुपातिकतर्फ पुरुष खसआर्य तथा पिछडिएको क्षेत्रबाट केशवराज जोशी, जगतप्रसाद जोशी, दिपेन्द्रराज जोशी, नन्दकृष्ण जोशी, नरेशबहादुर सिंह, मोतिलाल उपाध्याय, सिद्धराज जोशी र सत्यराज भण्डारीको नाम सिफारिस गरिएको हो । त्यस्तै महिला तर्फ देवीकुमारी सेटी, दलित तर्फ दिवशचन्द स्नेही, जनजाती महिलातर्फ शारदा तामाङको नाम एकल सिफारिस भएको छ ।
प्रदेश सभा सदस्यका लागी बैठकले क्षेत्रिय कार्य सिमतीले सिफारिस गरि पठाएका नामहरुलाई समेत बर्णानुक्रममा राखि सिफारिस गरेको हो । निर्वाचन क्षेत्र प्रदेश (क) को प्रत्यक्ष तर्फ क्रमसः कांग्रेस महासमिती सदस्य जगत प्रसाद जोशी, धुर्वराज उपाध्याय, नन्दकृष्ण जोशी, नारायण हमाल, पृथ्वीबहादुर सिंह, लोकेन्द्रबहादुर रोकाया, विष्णुबहादुर सिंह (जगत) र हर्कजंङबहादुर सिंह गरी ८ जनाको नाम सिफारिस गरि पठाएको हो । प्रदेश निर्वाचन क्षेत्र (क)मा पुरूष समानुपातिक तर्फ खडकबहादुर बोहरा ,दानबहादुर सुर्मेली, धुर्वराज उपाध्याय, भक्तराज जोशी, राजेन्द्रबहादुर खड्का, बर्कबहादुर रोकाया र विष्णु ऐडी गरी सात जनाको नाम सिफारिस गरिएको छ ।
त्यसै गरि महिलातर्फ कल्पना बोहरा, गोकुलदेवी सिंह, जयन्तीकुमारी जोशी, धिराकुमारी खत्री, देवी सेटी, प्रभालक्ष्मी बजाल, शान्तिकुमारी बोहरा पुजारा, समितादेवी बोहरा पुजारा र सुनिता विष्ट गरी ९ जनाको नाम सिफारिस गरिएको हो । अपाङ्गतातर्फ मुकेश धामीको नाम एकल सिफारिस गरिएको छ । दलिततर्फ कलक विक, गोविन्द दमाई (नेपाली), मंगल सुनार, साधना विसी, सिद्धराज सार्की र सुनिल दमाई गरी ६ जनाको नाम सिफारिस गरिएको छ । प्रदेश निर्वाचन क्षेत्र (ख)मा प्रत्यक्ष तर्फ ईश्वर बहादुर मल्ल, कटक जप्रेल, चित्र मल्ल, देवराज शर्मा, मानबहादुर कडायत, रमेशबहादुर भण्डारी, रविप्रकाश सिंह र बाबु सिंह गरी ८ जनाको नाम रहेको छ । त्यस्तै, प्रदेश निर्वाचन क्षेत्र (ख)मा समानुपातिकतर्फ पुरुषमा ईश्वर बहादुर मल्ल, कवि गिरी, केशवराज जोशी, गुणकरप्रसाद जोशी, दिर्घराज जोशी, मानबहादुर कडायत, रमेशबहादुर भण्डारी र सुर्यप्रकाश जोशी गरी ८ जनाको नाम सिफारिस गरिएको हो । त्यस्तै महिलातर्फ कुमारी अवस्थी, महेश्वरी जोशी, मिना रावल र शान्तिकुमारी महतको नाम सिफारिस गरिएको छ । दलिततर्फ निर्मला विक र मन्जित ताम्राकारको नाम सिफारिस गरिएको छ । जनजातीतर्फ शोभा थिङको नाम एकल सिफारिस गरिएको नेपाली कांग्रेस बझाङले जनाएको छ ।


317 पटक हेरिएको 









