बझाङमा एकै परिवारका चार बालकलाई अरिङ्गालले टोक्दा एक बालिकाको मृत्यु,,तिन जना घाइते

  कल्पना उपाध्याय  407 पटक हेरिएको

बझाङ,भाद्र १६ गते । बझाङमा एकै परिवारका चार बालकलाई अरिङ्गालले टोक्दा एक बालिकाको मृत्यु छ । अन्य तिन बालक घाइते भएका छन ।

जिल्लाको थलारा गाउँपालिका वडा नं.७ आठविस सुनारगाँउका गणेश सुनारका एक छोरा र तिन छोरीलाई बिहिबार बिहान ८ बजेतिर घर नजिकै ओखर खोज्न गएका बेला ओखरको रुखमा रहेको अरिङ्गालले टोकेको बताइएको छ ।

अरिङ्गालको टोकाईबाट गम्भिर घाइते भएकि ६ वर्षीया करिस्मा सुनारको उपचारको क्रममा दिउँसो नै कोइरालाकोट स्वास्थ्यचौकिमा
मृत्यु भएको थलारा गाउँपालिका वडा नं.७ का वडा अध्यक्ष किष्ण सार्कीले जानकारी दिनुभयो ।

अन्य घाइते भएका सागर सुनार, रमिला सुनार र एन्जिला सुनारलाई थप उपचारको लागि अहिले सदरमुकाम चैनपुर ल्याउने तयारी भइरहेको वडा अध्यक्ष सार्कीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार