
बझाङ,भदौ १५ गते ।बझाङमा जिपको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ । जिल्लाको केदारस्युँ गाउँपालिका –१ देउरा बजारबाट बागथला तर्फ गैरहेको सुदुरपश्चिम प्रदेश ०१ ००१च २६९० नम्बरको जिपले देउरा बजारमा पैदल हिड्दै गरेका ओखेडालाई ठक्कर दिएको प्रहरीले जनाएको छ।
जिल्लाको वित्थडचिर गाउँपालिका – ९ घर भएका ६० बर्षका गगन ओखेडा रहेका छन ।ओखेडाको घटना स्थलमै मृत्यु भएको अस्थाई प्रहरी पोष्ट बागथलाले जानकारि दिएको छ ।
चालक बुंगल नगरपालिका –६ बस्ने दिपेन्द्र धामी लाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनास्थलमा प्रहरी पुगेको र घटनाको थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी जागेश्वर भण्डारी बताए ।


461 पटक हेरिएको 









