कमिसन दिएर ल्याएका योजनाको नाम दिनुस बजेट रोक्छु ः मन्त्री बोहरा

  खप्तड समाचारदाता  307 पटक हेरिएको

बझाङ, भदौ १२ गते । कमिसन खाएर योजना बाडेको आरोप लाग्दै आएको सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक बिकास मन्त्री गोबिन्दराज बोहराले कमिसन दिएर ल्याएका योजनाहरुको सुचना पाएको खण्डमा बजेट रोक्ने बताउनु भएको छ । जिल्ला अस्पताल बझाङको नवनिर्मित भवनको उद्घाटन गर्न बझाङ पुग्नु भएका मन्त्री बोहराले पत्रकार तथा कर्मचारीहरु संगको भेटधाटमा यस्तो कुरा बताउनुभएको हो ।

प्रदेश सरकारबाट बिनियोजन भएका योजनाहरु कमिसन दिएर ल्याएको भन्दै केही ब्यक्तिहरुले आफु अनुकुल उपभोक्ता समिती बनाउने , बजेट अनुसारको काम नगरि आर्थिक हिनामिना गर्ने ब्यापक जनगुनासो छ । भेटघाटका क्रममा पैसा दिएर योजना किन बेच भई रहेको ब्यापक गुनासो आएको सहभागीहरुले बताएका थिए । पत्रकार तथा कर्मचारीहरु संगको भेटघाटमा बोल्दै मन्त्री बोहराले कमिसन दिएर ल्याएको योजनाको आपुलाई गोप्यरुपमा सुचना दिन आग्रहगर्न ुभयो ।

उहाँले भन्नुभयो, “सामाजिक बिकास मन्त्रालय मातहतका कार्यक्रममा कुनै कमिसन दिएर योजना ल्याएको भन्ने गुनासो छ भने भन्नुस बजेट रोकिदिन्छु । आफ्नो गाउँमा आएको योजनाको पारदर्शिता कायम गर्नु स्वयम नागरिकको समेत कर्तब्य भएकाले सबै नागरिकले निग्रानी गर्नुपर्छ ।” उहाँले आफुले मुख्यमन्त्री संग समेत आबस्यक छलफल गरेको बताउँदै अन्य मन्त्रालयबाट गएका योजना तथा कार्यक्रम टेन्डर सिस्टममा जानु पर्छ यदी कसैले कमिसन खाएको छ भने तुरुन्तै कार्वाहीको प्रकृया अगाडी बढाउने समेत बताउनुभयो । बिगतकाबर्षहरुमा यस्तो समस्या देखिएको बताउँदै यस बर्ष समेत जनस्तरमा ब्यापक गुनासो आएकाले यसलाई रोक्नका लागी आफु जस्तो सुकै मुल्य चुकाउन पनि तयार रहेको समेत उहाँले बताउभयो ।

आफुले धेरै ठाउँ जादा केही ठाउँमा कमिसन खाएर योजना दिएको आभाष भएको बताउँदै त्यस्ता योजनाहरुको बजेट रोक्न आफु तयार रहेको समेत बताउनुभयो । उहाँले भन्नुभयो, “बिगतका चार बर्ष हामीले धेरै दुखपाएको बताउँदै आफु मन्त्री भएको चार महिनाको समयमाप्रदेश सरकारले स्वास्थ्य तथा शिक्षाका क्षेत्रमा उपलब्धीमुलक काम भएको छ । हामी सेती प्रादेशिक अस्पताललाई ५ सय सैयाको सुबिधा सम्पन्न अस्पताल बनाउनका लागी काम अगाडी बढाएका छौ सुदूरपश्चिम प्रदेशका सबै जिल्लाहरुमा स्वास्थ्य र शिक्षालाई अझै सर्ब सुलभ बनाउनका लागी धेरै काम अगाडी बढेको छ ”। अहिले जिल्ला भरि अहिले झण्डै एक हजारको हाराहारीमा योजनाहरु आएका छन् ।अधिकाशं योजनाहरु १० देखि १५ प्रतिसत अग्रिम कमिसन दिएर खरिद बिक्रिहुने गरेको जिल्लामा ब्यापक गुनासो छ ।

मन्त्री बोहराले २३ करोड ८२ लाखमा निर्माण भएको जिल्ला अस्पताल बझाङको नवनिर्मित भवनको उद्घाटन समेत गर्नु भएको छ । उद््घाटन समारोहमाबोल्दै मन्त्रीबोहराले स्वास्थ्य र शिक्षा राज्यको पहिलो दायित्वभित्र पर्ने हुनाले यस क्षेत्रमा बढी लगानी गर्न सुदूरपश्चिम प्रदेश सरकार तयार रहेको बताउनुभयो । उहाँले भन्नुभयो “ अस्पतालको भवन त बनायौ , यहाँभित्रको ब्यवस्थापनको अबस्था र समस्याहरु पनि छन् । ति समस्यालाई निराकरण गर्दै अहिले जिल्ला अस्पताल बझाङमा भएको मौजुदा उपकरणहरुको प्रयोग गरि सेवादिनु पर्छ । यहाँ के कतीउपकरण , कर्मचारी ब्यबस्थापनका साथै अन्य ब्यवस्थापन गर्नु पर्छ प्रदेश सरकार यस जिल्लालाई प्राथमिकतामा राख्ने छ ।” मन्त्रीबोहराले यस्ता दुर्गम तथा हिमाली जिल्लामा स्वास्थ्य सेवाको बिस्तारलाई प्रथमिकतामा राख्नु पर्ने सरकारको समेत दायित्व भएकाले सुदूरपश्चिम सरकारको उच्च प्राथमिकतामा यो अस्पताल पर्ने प्रतिबद्धता समेत गर्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार