
बझाङ । सुर्मा गाउँपालिकाको केन्द्र रहेको सबिकको दौलिचौरमा राष्ट्रिय प्रशारणको बिद्युतको एक कार्यक्रमका बिच औपचारिक रुपले उ्धाटन गरिएको छ । जिल्लाको दुर्गम हिमाली गाउँपालिकाको केन्द्रमा राष्ट्रिय प्रशारण लाईनको बिद्युत पुगेपछि गाउँपालिका अध्यक्ष खड्क बोहराले एक कार्यक्रमका बिच गरेर उद्धाटन गर्नुभएको हो ।
नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र चैनपुरले सुर्मा गाउँपालिका–१ दौलिचौरसम्म विद्युत जडान कार्य गरेको थियो । यस अधि वडा नम्बर २मा राष्ट्रिय प्रशारण लाईनको बिद्युत बलि सकेको भएपनि गाउँपालिकाको केन्द्र भागमा भने बिद्युत पुग्न सकेको थिएन् । गाउँपालिका अध्यक्ष खड्क बोहराले भन्नुभयो, गाउँपालिका भित्र साना लघुजलबिद्युत आयोजनाबाट केही स्थानमा बिहान बेलुकी मात्र सेवा दिएको भएपनि गाउँपलिका अधिकाशं ठाउँमा भने बिजुलीको पहुच पुग्न सकेको थिएन् । स्थानीय स्तरमा बनाएका सानो हाईड्रोहरुबाट भरभर्दो सेवा नहुने , पटक पटक बिग्रि रहने , बिग्रे पछि धेरै खर्च हुने भएका कारणले पनि राष्ट्रिय प्रशारणको आबस्यकता भएको उहाँले बताउनुभयो । उहाँले दशै भन्दा अगाडी वडा नम्बर ४ र ५ का केही स्थानमा जडान गरिने र एक बर्ष भित्र गाउँपालिका सबै बस्तीहरु सम्म बिद्युतको पहुच पुर्याउने समेत बताउनुभयो ।
यस भन्दा अगाडी बिद्युत सेवा नपुगेको गाउँपासिलकाको वडा नम्बर १ र ३ केन्द्र रहेको दौलिचौर क्षेत्रका ४५ वटा घर तथा सरकारी कार्यालयहरुमा बिद्युत बलेको हो । स्थानीयको जनसहभागिता , गाउँपालिकाको समन्वय तथा अनुगमन र प्राधिकरणको सहयोग बिद्युत बालेको सुर्मा गाउँपालिका वडानं १ का वडाध्यक्ष दिनेश बोहराले बताउनुभयो । दौलिचौर क्षेत्रमा बिद्युत पुगेपछि स्थानीयबासी खुशी भएका छन् । स्थानीय रमेश बोहराले भन्नुभयो , गाउँपालिकाको केन्द्र भागमा बिद्युत पुगे पछि मोबाईल चार्ज गर्न , बत्ति बाल्न , टिभी हेर्न सहज हुनुका साथै सरकारी तथा गैरसरकारी कार्यालयमा सेवा प्रवाह समेत छिटो हुने बताउनुभयो ।
नेपाल बिद्युत प्राधिकरण बझाङका कार्यालय प्रमुख हरिचन्दराय यादवले जिल्ला भरिनै चाँडै राष्ट्रिय प्रसारण लाईन बिस्तार गरिने बताउनुभयो । गत बर्षको बिनासकारी बाढीपहिरो ले गर्दा लाईन बिस्तारमा प्रभाव परेकोले गाउँपालिकामा अलि ढिलो भएको बताउदै अब । नेपाल सरकार र विद्युत प्राधिकरणको लक्ष्य अनुरूप अबको २ बर्ष भित्र जिल्लाभरका सबै जनतालाई उज्यालो युक्त बनाउने लक्ष्य रहेको समेत बताउनुभयो । यस अधि जिल्लाको सदरमुकाम चैनपुर लगायत जिल्लाको बुंगल नगरपालिका , केदारस्युँ गाउँपालिका र बित्थड चिर गाउँपालिकाको केन्द्र सम्म राष्ट्रिय प्रशारणको बिद्युत पुगेको छ भने अन्य ठाउँमा पुग्न सकेको छैन् ।


880 पटक हेरिएको 









