
बझाङ,भाद्र १० गते ।माध्यमिक शिक्षा परीक्षा ( एसईई ) ग्रेड वृद्धि परीक्षा भोली देखि सुरु हुँदै छ । बझाङबाट एसइइ ग्रेडवृद्धि परीक्षामा जम्मा १६ सय ७९ विद्यार्थी सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाई बझाङका प्राविधिक सहायक जनक रोकायाले जानकारी दिनुभयो ।
भोलि र पर्सि १२ गते हुने परीक्षाका लागि बझाङमा पनि सबै तयारी पुरा भएको बताइएको छ । चार ओटा केन्द्र तोकिएका छन् । जिल्लाको जयपृथ्वी नगरपालिका १० को सत्यवादी माध्यमिक विद्यालय क, सत्यवादी माध्यमिक विद्यालय ख, जयपृथ्वी नगरपालिका ४ को बाल विकास माध्यमिक विद्यालय गोलाइ र जयपृथ्वी नगरपालिका ९ स्थित जालपा माध्यमिक विद्यालय रिठापाठा देवलमा परीक्षा सञ्चालन हुने भएको छ ।
भोली पहिलो दिन अनिवार्य अंग्रेजी र एउटामात्रै विषयको परीक्षा दिनहरूको परीक्षा हुनेछ । साथै, दुई विषयको परीक्षा दिनेहरूले सानो कोड भएको विषयको परीक्षा ११ गते नै दिनु पर्नेछ । १२ गते दुई विषयका लागि फाराम भरेका विद्यार्थीको ठूलो कोड भएको विषयको परीक्षा हुने शिक्षा विकास तथा समन्वय इकाई बझाङका प्राविधिक सहायक रोकायाले बताउनुभयो । परीक्षा बिहान ८ बजे देखी सञ्चालन हुने बताइएको छ ।


268 पटक हेरिएको 









