
बझाङ। नेपाली कांग्रेसको देशब्यापी “कार्यक्रम जनताको साथमा कांग्रेस अभियान”अभियानको शुभारम्भ तथा नव निर्वाचित जनप्रतिनिधीहरुलाई बधाई तथा सम्मान कार्यक्रममा बोल्ने अधिकाशं बक्ताहरुले मंसिर ४ गते हुने भनिएको निर्वाचनमा गठबन्धन नगर्न केन्द्रिय नेतृत्वलाई आग्रह गरेका छन् । शुक्रबार नेपाली कांग्रेस बझाङले सदरमुकाम स्थीत पाटी कार्यालयमा राखेको कार्यक्रममा बोल्ने अधिकाशं बक्ताहरुले गठबन्धनका कारण कांग्रेसका संगठन तहस नहस हुने , लामो समय देखि पार्टीमा लागेका नेता कार्यकर्तालाई अन्याय हुने र पार्टी भित्रै बिद्रोह हुने सम्भावना भएको भन्दै गठबन्धन नगर्न केन्द्रिय नेतृत्वलाई आग्रह गरेका हुन् ।
“जनताको साथमा कांग्रेस अभियान”को प्रतिनिधि भएर बझाङ आउनु भएका केन्द्रिय सदस्य तथा पुर्व राज्य मन्त्री गोबिन्द बहादुर शाहलाई जिल्लाको तल्लो तह कार्यकर्ताको भावना विरुद्ध गठबन्धन नगर्ने सन्देश लिएर केन्द्रिय कार्य समितीको बैठकमा राखी दिन हुन कार्यकर्ताहरुले अनुरोध गरेका हुन् । कार्यक्रममा बोल्दै केदारस्युँ गाउपालिका नेपाली कांग्रेसका सभापती शिव भण्डारीले गठबन्धका कारण संगठन नै तसह नहस भएको बताउदै कांग्रेसले एक्लै लड्नु पर्ने बताउनुभयो । उहाँले गएको स्थानिय तहको निर्वाचन गठबन्धन सम्मिलित दलहरुले दिएको धोका र हाम्रो संगठन बलियो भएको ठाउँमा हाम्रा जुझारु साथीहरुलाई पन्छ्यार गठबन्धनलाई भागबण्डा गर्दा भएको अन्यायले गाउँमा जाने परिस्थिति समेत नभएको बताउनुभयो । उहाँले यो संगठनको हितमा नभएकोले गठबन्धन नगर्ने सन्देश लिन केन्द्रिय सदस्य शाह अनुरोध गर्नुभयो ।
यस अघि भएको स्थानिय तहको निर्वाचनको परिणाम हेर्दा गठबन्धन सम्मीलित दलहरुले जिल्लाका अधिकाश ठाउँमा धोका दिएको , कांग्रेसको वडा अध्यक्ष भागबण्डा भएको ठाउँमा बागी उठाई हराएको , गठबन्धनका विरुद्धमा लागेका , जिती सके पछि पनि कागंग्रेसका कार्यकर्ताहरु लाई पेल्दै आएको कांग्रेस कार्यकर्ताहरुको निस्कर्ष छ । कार्यक्रममा बोल्दै नेपाली कांगेस छबिस पाथिभेरा गाउँपालिका सभापती पाण्डब थापाले गठबन्धनका नाममा कार्यकर्ताको भावना बिरुद्ध नजान केन्द्रिय नेताहरुलाइ आग्रह गर्नुभयो । उहाँले गठबन्धनका कारण संगठन नै नरहने परिस्थिति आउन सक्ने भन्दै सुझबुझका साथ निर्णय लिनु सन्देस केन्द्रिय नेतृत्वलाई पुर्याउन समेत आग्रह गर्नुभयोे ।
त्यस्तै बुङल नगरपालिकाका प्रमुख जय बहादुर धामिले गठबन्धनको पाठ स्थानीय तहको निर्वाचनमा भोगी सकेको बताउँदै गठबन्धन नगर्न केन्द्रिय नेतृवलाई सन्देश लिएर जान केन्द्रिय सदस्य शाहलाई आग्रह गर्नुभयो । उहाँले एक निर्वाचन क्षेत्र भएको ठाउँमा संघमा टिकट पाए मात्र सबैले एउटा रुख चिन्हमा भोट हाल्न पाउने , नभए कुनै एक क्षेत्रका कार्यकर्ताले रुखमा भोट हाल्न नपाउने परिस्थिति भए बिद्रोह हुने स्थिती आउन सक्ने समेत बताउनुभयो । उहाँले ५ हजार भोट भएको दललाई ३० हजार भोट दिएर कांगेसले जिताई दिनुपर्ने परिस्थिति सिर्जना नगर्न समेत शाहलाई आग्रह गर्नु भयो ।
जिल्लाको वास्तविक यथार्थता बुझेर केन्द्रिय कार्य समितिमा रिपोर्टिङ गरिदिन हुन कांग्रेस कार्यकर्ताको केन्द्रिय सदस्य शाहलाइ आग्रह गरेका छन । केन्द्रिय सदस्य शाहले गठबन्धनका बारेमा केन्द्रले निर्णय गरि सकेकोले यसका बिरुद्धमा नजान कार्यकर्ताहरुलाई सुझाव दिनुभयो । उहाँले जिल्लाका कार्यकर्ताको भावना, पार्टी संगठनको परिस्थीती लगाएका बारेमा केन्द्रिय नेतृत्वलाई प्रतिबेदन बुझाउने समेत बताउनुभयो । जिल्लाका बिभिन्न ठाउँमा १० दिन सम्म “जनताको साथमा कांग्रेस अभियान”मा बिभिन्न कार्यक्रम गरिने भएको छ ।


612 पटक हेरिएको 









