गरिमा परियोजनाको जानकारी तथा सल्लाहकार समिती गठन

  खप्तड समाचारदाता  409 पटक हेरिएको

बझाङ । बझाङको खप्तडछान्ना गाउँपालिका र बाजुराको खप्तड छेडेदह गाउँपालिकामा लागु भएको गरिमा परियोजनाको मंगलबार सदरमुकाम चैनपुरमा परियोजनाको जानकारी तथा जिल्ला स्तरिय सल्लाहकार समिती गठन गरिएको छ । दुई वटै पालिकामा परियोजनाले महिनाबारी तथा सुत्केरीको समयमा महिलाको आत्म सम्मान बृद्धि गर्ने तथा सुरक्षित स्वास्थ्यकर महिनावारी ब्यवहारहरु प्रर्वधन गर्ने र समाजमा रहेका सामाजिक कुरिती बिभेदहरु हटाउने लक्ष बिभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।
कार्यक्रममा गरिमा परियोजनाका फिल्ड म्यानेजर बिक्रम जोशीले परियोजनाबाट हाल सम्म गरिएका योजना कार्यक्रम , खर्च बिवरण सहित उपलब्धीहरुको कार्यपत्र प्रस्तुत गरेका थिए । परियोजनाले छाउपडि प्रचलनको अन्त्य मर्यादित महिनावारी , प्रजनन् स्वस्थ्य स्वच्छ खानेपानी तथा सरसफाई , कोभिड प्रतिकार्य सचेतना , बिध्यालय स्वास्थ्य प्रर्वधन र गर्भवती सुत्केरी तथा नवजात शिशुको स्वास्थ्य सुधारमा काम गर्दै आएको समेत फिल्ड म्यानेजर जोशीले बताउनुभयो । उहाँका अनुसार सामाजिक कुरिती र बिभेद हटाउन धामी झाक्री, किशोरी , बाल क्लबहरुको गठन गरि उनिहरु मार्फत समाज सुधारका लागी काम भई रहेको समेत जानकारी दिनुभयो । चैनपुरमा भएको कार्यक्रममा गरिमा परियोजनाको जिल्ला स्तरिय सल्लाहकार समितीका लागी जिल्ला समन्वय समितीका प्रमुख नर बहादुर बोहराको संयोजकत्वमा नौ सदस्यीय सल्लाहकार समिती समेट गठन गरेको छ । समितीको सदस्यमा खप्तडछान्ना गाउँपालिका अध्यक्ष उत्तम रोकाया , प्रमुख जिल्ला अधिकारी बाबुराम अर्याल , जिल्ला स्वास्थ्य कार्यालय प्रमुख भानु जोशी , खप्तडछान्ना गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत दिपक रावल, पत्रकार महासंघका अध्यक्ष शैलेन्द्र रोकाया , गैरसरकारी संस्था महासंधका अध्यक्ष लवराज जोशी लगायत नौ सदस्यीय समिती गठन गरेको हो ।
राष्ट्रिय स्तरको गैरसरकारी संस्था ग्रामिण शिक्षा तथा वातावरण बिकास केन्द्र (रिड नेपाल ) र ग्रिन तारा नेपाल मार्फत संचालन भएको उक्त परियोजनाका लागी संघिय जर्मन सरकार तथा करुण ट्रस्टले आर्थीक प्राबिधक सहयोग गर्दै आएको रिड नेपालका कार्यकारी निर्देशक भिम बहादुर बोगटीले बताउनुभयो । उहाँले यस क्षेत्रको सामाजिक रुपान्तरणका यस कार्यक्रमले महत्वपुर्ण भुमिका समेत निर्वाह गर्ने समेत बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार