
बझाङ । नेपाल पत्रकार महासंघ बझाङले आयोजना गरेको जयपृथ्बी बहादुर सिंहको १४६ औ जन्म जयन्तीको अबसरमा आयोजित कार्यक्रममा तिन जना पत्रकार सम्मानित भएका छन् । सदरमुकाम चैनपुरमा बझाङ शाखाले एक औपचारिक कार्यक्रमको आयोजना गरि जन्म जयन्तीको अबसरमा मानवताबाद,जयपृथ्बी र अबको यात्रा बिषयक बिचार गोष्ठी तथा पत्रकार सम्मान कार्यक्रममा जिल्लामा लामो समय देखि क्रियासिल तिन जनालाई नगद सहित पुरस्कृत गरेको हो ।

मानवताबादी ब्यŒिाmत्व जयपृथ्बी बहादुर सिंहको नामबाट स्थापना गरेको जयपृथ्बी पत्रकारिता पुरस्कारबाट रेडियो नेपालमा कार्यरत पत्रकार जगदीश रोकायालाई नगद दश हजार रुपयाँ सहित सम्मान गरेको छ ।

यसै गरि नेपाल पत्रकार महासंघ बझाङ शाखाका पुर्व सचिब स्वार्गिय नरेश खड्काको सम्झनामा स्थापना भएको नरेश स्मृती पत्रकारिता पुरस्कार २०७९ बाट पुरस्कारमा रेडियो थलारामा कार्यरत पत्रकार पदम खड्का, साईपाल एफ एम की पत्रकार तरुणा जोशीलाई बितरण गरेको छ । साथै कार्यक्रमा रेडियो जनमुखिलाई समेत संस्थागत सम्मान गरेको छ ।

बिचार गोष्ठीमा गोरखापत्रको पहिलो संस्थापक समेत रहेका मानवताबादी राजा जयपृथ्बी बहादुर सिंहको योगदान र मार्गदर्षनको बारेमा समेत चर्चा गरेका थिए । बिचार गोष्ठीमा बोल्ने अधिकाशं बŒाmाहरुले जयपृथ्बी बहादुर सिंहलाई ढिलो भए पनि सरकारले राष्ट्रिय बिभुती घोषणा गरेकोमा खुशीयाली साटेका थिए । लामो समय देखि जयपृथ्बी बहादुर सिंह बारेमा अध्यायन गरि रहनु भएका स्थानीय बिष्णुभŒाm जोशी (शास्त्री) भन्नुभयो , भन्नुभयो उहाँले लेख्नु भएका पुस्तक र बिचारहरुलाई मात्र अगाल्न सकेको खण्डमा उहाँ प्रतिको श्रदा पुरा हुनेछ । उहाँले देखाउनु भएको मार्ग दर्शन मात्र अनुसरण गरेको खण्डमा अहिले समाजमा हराउदै गएको निष्ठा ईमान्दारिता केही हद सम्म भए पनि बच्ने बताउनुभयो ।


383 पटक हेरिएको 









