कैलालीमा लागुऔषधसहित बझाङका एक व्यापारी पक्राउ

  कल्पना उपाध्याय  1523 पटक हेरिएको

बझाङ,भाद्र ६ गते । कैलालीमा लागुऔषध सहित बझाङका एक व्यापारी पक्राउ परेका छन् ।बझाङको जयपृथ्वी नगरपालिका वडा नं ६ घर भई हाल कैलालीको धनगढी उपमहानगरपालिका–१२ जुगेडामा किराना पसल गरेर बसेका ३६ वर्षीय दिनेश सिंह लागुऔषधसहित पक्राउ परेका हुन् ।

हिजो (आइतबार) कम्पनी टोलबाट उनलाई प्रहरीले समातेको हो। सिंहको पसलमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको सादा पोशाकको टोलीले शंका लागेर चेकजाँच गरेको थियो। त्यसपछि उनले लुकाईछिपाई राखेको १ किलो ग्राम लागुऔषध (चरेश) फेला पारेर बरामद गरिएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार