
बझाङ,साउन २८ गते ।सदरमुकाम चैनपुरको एक पसलमा चोरी भएको छ । बझाङको सदरमुकाम चैनपुर जिल्लाकै ब्यापारीक क्षेत्रका रुपमा हेरिन्छ तर यस क्षेत्रका पसलहरु भने पटकपटक चोरहरुको आहार बन्दै गएका छन् ।
हिजो मध्य राती जिल्ला अदालत बझाङको अगाडी पट्टिको किरण किराना पसलमा चोरी हुदा ४० हजार नगद ,२० हजार बराबरको रिचार्ज र सामान गरि ७० हजार बराबरको चोरी भएको ब्यापारी डम्बरबहादुर सिहले बताएका छन् ।
यो त प्रतिनिधिमुलक घटना मात्र हो कहिले चैनपुरको चौरहा त कहिले अदालत अगाडि नै चोरी हुदा जिल्लाको सुरक्षा निकाय माथी प्रश्नचिन्ह खडा भएको छ।
प्रहरी प्रशासनले बजारका ब्यापारीलाई बेलुकी ८.००बजे नै पसल बन्द गर्न दैनिक दबाब दिएपनि पसल सुरक्षित नभएको पीडित ब्यापारी सिहले बताए ।यता जिल्ला प्रहरी कार्यलय बझाङले बजारको सुरक्षाका लागि २ वटा टोलीको गस्तीले निगरानी गर्दै आएको भएपनी अदालत अगाडि नै पसलतोडफोड गरेर चोरी गर्नुले ब्यापारीमा चिन्ता बढ्दै गएको छ।
मेनरोडमै अबस्थित किरण किराना पसल जिल्ला अदालतको अगाडि पट्टि , कारागार नजिकै र प्रहरी बिटबाट लगभग ८०मिटरको दुरिमा रहेको पसलमा चोरी हुनुले सुरक्षा सयन्त्रको लापरबाही भएको सर्बसाधारणको भनाइ छ।


294 पटक हेरिएको 









