बझाङमा जिल्ला सभा सुरु

  कल्पना उपाध्याय  335 पटक हेरिएको

बझाङ, साउन २५ गते ।बझाङ जिल्लाको छैठौ जिल्ला सभा तथा आ.ब. ०७८ ०७९ बार्षिक समिक्षा कार्यक्रम बहिबारबाट सुरु भएको छ । बिहिबार जिल्ला समन्वय समितीको आयोजनामा दुई दिने जिल्ला सभा तथा बार्षिक समिक्षा कार्यक्रम सुरु भएको हो ।

जिल्लाको समग्र बिकास सम्भावना र चुनौतीका बिषयमा दुई दिन सम्म मसिनो हिसावले छलफलका साथै समिक्षा गरिने भएको छ । जिल्ला सभामा गएको आर्थिक बर्षमा पालिकाहरुले सम्पादन गरेका कामहरुको प्रस्तुतीकरण र सो उपर टिप्णी गरि आगामी दिनमा अझ कसरी सुधार गर्न सकिन्छ भन्ने बिषयमा छलफल हुने जिल्ला समन्वय समितीका प्रमुख नरबहादुर बोहराले बताउनुभयो ।

उहाँले जिल्लाको बिकासका लागी सबै पक्षले बनेका निती नियम र कानुनहरुको परिधीमा रहेर काम गर्नु पर्ने समेत बताउनुभयो । जिल्ला सभाको उद्घाटन समारोहमा बोल्दै सुदूरपश्चिम प्रदेशका सभामुख अर्जुन थापाले तिन तहका सरकारहरुको समन्वय गर्ने भुमिकामा रहेको जिल्ला समन्वय समितीलाई थप अधिकार दिनु पर्ने समेत बताउनुभयो ।

उहाँले अहिलेको परिस्थीतीमा स्थानीय , प्रदेश र केन्द्र सरकारका बिचमा कुनै पनि समन्वय र तालमेल नहुदाँ बिकास निर्माणले अपेक्षा अनुसारको उपलब्धी हासिल गर्न नसकेको बताउनुभयो । उहाँले तिनै तहका सरकारका बिचमा समन्वय हुन जरुरी रहेको बताउदै बिकास समृद्घिका लागी सबैले हातेमालो गर्नु पर्नेमा जोड दिनुभयो ।

जिल्ला समयमा जिल्लाको बिकास र वर्तमान अबस्था र चुनौती , जिल्ला समन्वय समितीको प्रगती र जिल्ला सभाका एजेण्डाहरुका बारेमा छलफल गरिने भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार