बझाङमा एकै परिबारका तिन जनाद्धारा सामुहिक आत्महत्या

  कल्पना उपाध्याय  347 पटक हेरिएको

बझाङ, साउन २५ गते ।बझाङको बुंगलनगरपालिका–९ रारुमा एकै परिबारका तिनजनाले सामुहिक रुपमा झुण्डिएर आत्महत्या गरेका छन् । मंगलबार एकै परिबारका आमा २३ बर्षीय गिता पार्की , छोरी ५ बर्षीय भुमिका पार्की र छोरा ३ बषीया महेश पार्की रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक रमेश अबस्थीले बताउनुभयो ।

उहाँले भन्नुभयो , घटना रहस्यमय तरिकाले घटेकाले अहिले भन्न नसकिने र प्रहरी घटनास्थलमा गई रहेको समेत जानकारी दिनुभयो ।
मृतक गिता पार्कीका श्रीमान् गए राती भारतबाट घर आएका बताइएको छ ।

पारिबारिक बिवादले उक्त घटना घटेको हुन सक्ने प्रहरीको अनुमान छ । घटनाको थप अनुसन्धानका लागी जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थल तिर गएको छ । घटनाको थपबिवरण भने आउनबाँकी छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार