
बझाङ,साउन ११ गते ।जनप्रतिनिधि तथा कर्मचारीहरु भ्रमणमा निस्किएपछि थलारा गाउँपालिकाको सेवा प्रवाह प्रभावित भएको छ । गाउँपालिकामा कार्यरत कर्मचारी र जनप्रतिनिधिहरुभ्रमणको लागि मुस्ताङ तिर लागेपछि गाउँपालिकाको सेवा प्रवाह प्रभावित भएको हो ।
थलारा गाउँपालिकाका ४० जनप्रतिनिधि तथा कर्मचारी मुस्ताङ भ्रमणमा निस्किएका छन्। गाउँपालिका अध्यक्ष प्रकाशबहादुर रोकाया, उपाध्यक्ष रामबहादुर खाती, प्रमुख प्रसाशकीय अधिकृत सिद्धराज पण्डित, सबै वडाका अध्यक्षहरु र सचिवहरु भ्रमणमा निस्किएका हुन्।
भ्रमणका कारण गाउँपालिका जनप्रतिनिधिविहीन भएको स्थानीयले बताएका छन्। सबै जनप्रतिनिधि र कर्मचारी भ्रमणमा गएपछि गाउँपालिकाको सेवा प्रवाह प्रभावित भएको स्थानीयको गुनासो छ। जनप्रतिनिधि मुस्ताङ भ्रमणमा निस्किएपछि सामाजिक सुरक्षा भत्ता प्रवाहमा समेत असर परेको स्थानीयले बताएका छन्। यस विषयमा गाउँपालिका उपाध्यक्ष रामबहादुर खातीले ४० जना भ्रमणमा आएको र गाउँपालिका तथा वडाहरुको कामकारवाहीमा भने केही असर नपरेको बताए।
भ्रमणमा कति दिन लाग्छ भन्ने यकिन समेत नरहेको खातीले बताएका छन्।पालिकाका ४० जना जनप्रतिनिधि तथा कर्मचारी भ्रमणमा आएपनि ‘अफ सिजन’ भएकाले सेवा प्रवाहमा केही फरक नपर्ने उनको तर्क छ।पालिकाको भ्रमणका लागि कति बजेट बिनियोजन भएको हो भन्ने विषयमा यकिन हुन सकेको छैन ।


496 पटक हेरिएको 









