
बझाङ,साउन ११ गते ।बझाङमा एक वृद्धा महिला ४ दिनदेखि बेपत्ता भएकि छिन् । जिल्लाको खप्तडछान्ना गाउँपालिका वडा .१ कि अन्दाजी ७५ वर्षिया वृद्धा महिला गंगादेवी जोशी ४ दिनदेखि बेपत्ता भएकि हुन् ।
जोशी साउन ८ गते बिहान ९ बजेदेखि बेपत्ता भएकि आफन्तले बताएका छन् । खप्तड राष्ट्रिय निकुञ्ज भित्र पर्ने लामपुछ्रे ठाउँबाट छोरीलाई भेटेर आफ्नो भैसी खरक रहेको स्थान बलेमेला फर्कने क्रममा बेपत्ता भएकी हुन् ।
४ दिनसम्म सम्पर्कविहिन भएपछि उनको खोजीका लागि स्थानीय,नेपाल प्रहरी र नेपाली सेना लागि परेका भएपनि अहिलेसम्म भेट्न नसकेको पारीवारीक स्रोतले जनाएको छ। यदि कसैले उनलाई भेटाएमा नजिकैको प्रहरी वा घरमा खबर गरिदिन उनका छोरा हर्कराज जोशीले आग्रह गरेका छन् ।


1361 पटक हेरिएको 









