जयपृथ्वी नगरपालिकामा सार्बजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

  कल्पना उपाध्याय  431 पटक हेरिएको


जयपृथ्वी नगरपालिकाको आ ब २०७८÷०७९ सालको तेस्रो चौमासिक तथा बार्षिक प्रगती समिक्षा र सार्बजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । जयपृथ्वि नगरपालिकाको आयोजनामा आज सार्बजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको हो ।

नगरपालिकाले आर्थिक बर्ष ०७८र७९ मा नगरपालिका बाट भए गरेका काम, सेवाको गुणस्तरका बारेमा आम नागरिकको गुनासो , सुझाव लिने र सुझाबका लागि प्रतिबद्धता गर्ने उदेश्यले सार्बजनिक सुनुवाइ कार्यक्रम गरेको हो । कार्यक्रममा ११ बटै बडाबाट प्रदान भएको सेवा, नगरपालिकाका बिषयगत शाखा बाट प्रदान गरिएको सेवाका बारेमा जानकारी गराएको थियो भने त्यसमा नागरिकहरुको गुनासो र सुझाब लिएका थिए ।

कार्यक्रममा नगरपालिकाका मियर चेतराज बजालले आगामी दिनमा सके सम्म नागरिकका गुनासाहरु नाआउने तरिकाले काम गर्ने बताउनुभयो । कार्यक्रममा जिल्ला समन्वय समिति संयोजक नरबहादुर बोहोरा ,नगरपालिकाका कर्मचारी , जनप्रतिनिधि, पत्रकार र आम स्थानिय बासिहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार