
बझाङ,साउन ८ गते ।बझाङमा एक युवक मृत फेला परेका छन्। जिल्लाको बुंगल नगरपालिका – ११ पुतलीलेकका २५ वर्षीय बिरेन्द्र बोहरा आइतबार बिहान गाडीभित्रै मृत फेला परेका हुन्।
पहरीका अनुसार उनले मादक पदार्थ सेवन गरेको पनि खुलेको छ। उनी राति पुतलीलेक मोडमा जिपभित्र सुतेका थिए। बित्थडचिर गाउँपालिकाको बित्थड बजारदेखि पुतलीलेकको लागि हिडेको सुपप्र ०४००१ च ०१७६ नम्बरको जिपमा बोहरा मृत भेटिएका हुन्। बित्थडदेखि चालक गणेश पातली र मृतक बोहरा पुतली लेकतर्फ गएका थिए।
राति ९ः ३० बजे पुतलीलेक मोडमा पुगेपछि जिप रोकेर चालक पातली र मृतक बोहरा सुतेको र बिहान चालक पातलीले उठेर ब्युझाउन खोज्दा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक जनक ढुंगानाले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


533 पटक हेरिएको 







