
बझाङ,जिल्लाको दुर्गाथली गाउपालिका आ।ब २०७८र७९ सालको तेस्रो चौमासिकको सार्बजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ ।नेपाल पत्रकार महासङ बझाङको सहजीकरणमा बिहिवार सार्बजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको हो ।
गाउपालिकाले आर्थिक बर्ष ०७८र७९ मा गाउपालिका बाट भए गरेका काम, सेवाको गुणस्तरका बारेमा आम नागरिकको गुनासो , सुझाव लिने र सुझाबका लागि प्रतिबद्धता गर्ने उदेश्यले सार्बजनिक सुनुवाइ कार्यक्रम गरेको हो । कार्यक्रममा ७ बटै बडाबाट प्रदान भएको सेवा, गाउपालिकाका बिषयगत शाखा बाट प्रदान गरिएको सेवाका बारेमा जानकारी गराएको थियो भने त्यसमा नागरिकहरुको गुनासो र सुझाब लिएका थिय ।
कार्यक्रममा पालिकाका अध्यक्ष दिल बहादुर थापा तुफानले आगामी दिनमा सके सम्म नागरिकका गुनासाहरु नाआउने तरिकाले काम गर्ने बताउनुभयो । कार्यक्रममा जिल्ला समन्वय समिति संयोजक नरबहादुर बोहोरा , जिल्ला समन्वय समिती सदस्य टोपबहादुर खड्का लगायत कर्मचारी , जनप्रतिनिधि र आम स्थानिय बासिहरुको उपस्थिति रहेको थियो ।


277 पटक हेरिएको 









