
बझाङ,असार २६ गते ।बझाङको बुङ्गल नगरपालिकामा बाघले आतंक मच्चाएको छ । शनिबार दिउँसो मात्रै दुई वटा बाख्रा खाएको छ भने १० बाख्रा मारेको छ ।बुङ्गल नगरपालिका– १ सतिवनका धनबहादुर बोहराको बाख्री खोरमा पसेर बाघले दुई बाख्रा खानुकासाथै १० वटा बाख्राहरू मारेको हो ।
शनिबार दिउँसो बाख्रा चराएर बेलुका खोरमा बाँधेर घर फर्किेएपछि आज आइतबार बिहान बाख्रा खोरमा पुग्दा बाख्रा मारेर छोडेको अवस्थामा फेला परेको बोहराले बताए ।बोहराका अनुसार घरभन्दा माथि बनाइएको बाख्रा खोरमा बाख्रालाई बाँधेर घर फर्किएपछि रातिको समयमा बाघले खोरनै तोडपोड गरेर बाख्रा खानुकासाथै मारेर छाडेको थियोे ।
जंगल नजिकै बाख्रा खोर भएको र बस्ती टाढा हुँदा बाघले खोरमा पसेर बाख्रालाई मारेको वडाध्यक्ष कस्वा बोहराले बताए ।बाघले बाख्रालाई खाएको देखेपछि स्थानीयहरू त्रसित भएका छन् ।


269 पटक हेरिएको 









