बझाङमा भिरबाट लडेर एक महिलाको मृत्यु

  कल्पना उपाध्याय  4078 पटक हेरिएको

बझाङ,असार २६ गते ।बझाङमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ ।जिल्लाको जयपृथ्वी नगरपालिका ५ डिलगाउँकि ३४ बर्षिया विद्यादेवी जोशीको यहि असार २५ गते बेलुका घर नजिकैको छतुलेकबाट घर फर्कने क्रममा भिरबाट लडेर मृत्यु भएको हो ।

जोशी  बिहान खेतबारीमा काम गर्न गएकि थिइन । साझँ लेकबाट घर फर्किदै गर्दा हिउँलाखाली भन्ने भिरबाट करिब १५० मिटर तल खसेर घटनास्थलमै ज्यान गएको स्थानिय देवीचन्द्र जोशीले जानकारी दिनुभयो।

मृतकका एउटा छोरा मात्र छन्,श्रिमानको भने पहिलेनै मृत्यु भइसकेको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार