किशोरीमाथि जबरजस्तीकरणी गर्न खोज्ने बझाङका एक युवक पक्राउ

  कल्पना उपाध्याय  577 पटक हेरिएको

बझाङ,असार २५ गते ।किशोरीमाथि जबरजस्तीकरणी गर्न खोज्ने बझाङका एक युवक पक्राउ परेका छन् ।जिल्लाको बुङ्गल नगरपालिका ४ खिरातडीका ४४ वर्षिय बिर्ख नेगी जबरजस्तीकरणीको आरोपमा पक्राउ परेका हुन् ।

नेगीले यही २१ गते साँझ रोपाइँ सकेर घर नजिकै धारामा नुहाइरहेकी १७ वर्षीया किशोरीलाई मदिरा सेवन गरि बलात्कारको प्रयास गरेकाले २३ गते पक्राउ गरिएको हो ।किशोरीलाई नुहाइरहेको समयमा उनले जबरजस्तिकरणी गर्न खोज्दा स्थानीयहरुले थाहा पाएर प्रहरीलाई खबर गरेका थिए ।

पक्राउ परेका नेगीलाई हिरासतमा राखि शुक्रबार जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी तथा प्रहरी निरिक्षक जनक ढुंगानाले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार