
बझाङ,असार २० गते ।बझाङमा भिरबाट लडेर २ जना घाइते भएका छन् ।आज जिल्ला को साइपाल गाउँपालिका – ४ धुली घर भएका ३६ बर्षिय शिबु रोकाया र सोहि गाउँपालिका ३ काँडाका ३३ बर्षिय पुर्ण बहादुर बोहरा रहेका छन् ।
घाइते रोकाया यार्सा संकलन गरी घर फर्कने क्रममा चाल्नावनको भिरबाट करिब ७० मिटर तल खसेर घाइते भएको र बोहोरा ढोगदिना भन्ने जंङ्गलमा दाउरा काट्ने क्रममा लडेर घाइते भएको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी ज्ञान बहादुर विष्टले बताए ।
घाइते रोकायाको स्थानियले उद्धार गरी धुली आधारभुत स्वास्थ्य चौकिमा उपचार गराए पनि टाउँको, निधार, घाँटी, अनुहारमा चोट भएकाले थप उपचारको लागि हेलिकप्टर मार्फत उद्धार गरी नेपालगन्ज पठाएको साइपाल गाउँपालिका अध्यक्ष मान बहादुर बोहराले बताए ।
स्थानियका अनुसार घाइते रोकाया केहि महिना देखि साइपाल गाउँपालिकामा पर्ने यार्सा संकलन क्षेत्र चाल्ना बनमा यार्सा टिप्न गएका र शनिबार साँझ घर फर्कने क्रममा पानीले बाटो चिप्लो भएकाले भिरबाट लडेर घाइते भएको बताएका छन् ।भिरबाट लडेर घाइते भएका २ जनाको सिम्रिक एयरको हेलिकप्टर मार्फत उद्धार गरिएको छ ।


555 पटक हेरिएको 









