
बझाङ,असार १७ गते ।बर्षायाम सुरु भए संगै बाढि र पहिरोको जोखिम संग जुध्न मनसुन पूर्व तयारी कार्य योजना बनाइएको छ ।शुक्रबार जिल्लाका सबै पलिका प्रमुख , प्रमुख प्रशासकिय अधिकृत सहित जिल्ला बिपद ब्यवस्थापन समितिको बैठकले पूर्व तयारिका लागि छलफल गरिएको हो ।
गत बर्ष कात्र्तिकमा आएको अविरल बर्षाले जिल्लामा ठूलो जन धनको क्षती भएसंगै यस बर्ष भने पूर्व तयारीका कार्य योजना निर्माण गरिएको हो । बिपदका समयमा काम गर्नलाइ कार्य योजनामा सबै सरोकारबालाको भुमिका राखिएको छ । प्रमुख जिल्ला अधिकारी बाबुराम आचार्यले जिल्लामा मनसुनको समयमा हुने बिपद संग जुध्नका लागि सबै स्थानिय तह लगाएत सरोकारवालाहरुको भुमिका महत्वपूर्ण रहने बताउनु भयो।
कार्यक्रममा बिकास निर्माण सडक खन्दा अनिवार्य वतावरण परिक्षण गर्नुपर्ने ,सरकारी कार्यलयका सवारी साधनहरुको चरम दुरुपयोग रोक्ने, बजार अनुगमन गर्ने , यातायातका साधनहरु भाडा निर्धारण गर्ने बारे छलफल भएको थियो । बिपदका लागि कम्तिमा सबै पालिकाले १ करोड बिनियोजन गर्न आग्रह गरिएको छ ।


236 पटक हेरिएको 









