
बझाङ,असार १७ गते ।बझाङमा ट्याक्टर दुर्घटना भएको छ । जिल्लाको सुर्मा गा.पा.–२ रातोपडमा सडकमा काम गरेर घरतर्फ गइरहेको सु.प.प्र. ०२००१ त १३०८ नम्बरको ट्याक्टर बिहीबार राति करिब ८ बजे घट्टेखोलामा दुर्घटना भएको हो ।
दुर्घटनामा एक जनाको मृत्य भएको छ भने ६ जना घाइते भएका छन ।मृत्यु हुनेमा २७ वर्षीय नरेश बोहरा रहेका छन । चालक विमल बोहरासहित ६ जना घाइते भएका छन ।
ट्याक्टरको स्टेरिङले काम नगर्दा सडकबाट करिब २० मिटर तल खसेर ट्याक्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख तथा डिएसपी ज्ञानबहादुर विष्टले बताए । घाइतेको तत्काल उद्धार गरि जिल्ला अस्पतालमा सामान्य उपचारपछि डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ ।


527 पटक हेरिएको 









